Thursday, January 19, 2012

कवि कुलबहादुर तामाङका कविताहरु

गजल


किन हेर्नु माया मारेपछि
तिम्ले कतै माया सारेपछि।।

तिम्रै निम्ति डुङ्गा खियाएँ
गईछेउ डुङ्गा तारेपछि ।।

निष्ठुरीले छोडि गईछेउ
दुख्यो मन आँसु झारेपछि।।

आखिर हारजीत हुने रै`छ
जितेछौ जालमा पारेपछि।।


गजल

सपनीमा झै विपनीमा तिमी संग,
तिम्रै नजर भित्र भित्रै डुलौ झै लाग्छ,

खुल्लाती हृदयको सुन्दर वस्ती हेर्न,
कोमल तिम्रो मनको ढोका खुलौ झै लाग्छ,

रम्ने ईच्छा थियो लजालु नयन भित्र,
नविजाउने यी लाल गेडी हुलौ झै लाग्छ,

सुन्दर मनको वस्ती भित्र काउकुती खेल्दै
मन भित्रका पिँडाहरू भुलौ झै लाग्छ ।
तिम्रो मनको फूल वारीमा फुलौ झै लाग्छ,
शितल तिम्रो छहारीमा झुलौ झै लाग्छ,

No comments:

Post a Comment