Thursday, January 19, 2012

गजलकार दीपक कालिकोटेका गजलहरु

गजल मेरो मुटु तिम्रै लागि हो लेउन प्रिय ।। साच्चै माया गर्छौ उत्तर देउन प्रिय ।। मेरो आँखामा हेरन तिम्रो प्रतिविम्ब छ । अमर मायाको अमृत पेउन प्रिय ।। माया गर्छु भन्नलाई लाज किन मान्छौ । आउ मेरो अँगालोमा बाँध्येउन प्रिय ।। चोर्ने हुनकि तिमिलाई डर लागिराछ । कोमल मेरो मुटु भित्र साच्येउन प्रिय ।। हाम्रो जोडि कस्तो छ रे भगवानलाई सोध । अनि हाम्रो अटुट नाता गाँस्देउन प्रिय ।। रुबाइ प्रेम सँङ्केत गुलावको थुङगा मन पर्छ । समुन्द्रपार गरिदीने डुङ्गा मन पर्छ । ताते बोली सिकाउदै हुर्काउने भुमी । मलाई जन्म दिने ओखलढङ्गा मन पर्छ ।।

No comments:

Post a Comment