Thursday, January 19, 2012

कवि राजन रुचालका कविताहरु

गजल
तिमी मलाई किन मन पर्न थालेको ।।
मैले तिम्लाई किन माया गर्न थालेको ।।

कतै म पागल त भाको रैन छु ।
नत्र किन तिम्रो दिलमा सर्न थालेको ।।

हड्डी छाड्ला कुकुरले म कसरी छाडुँ ।
केहि दिन भयो तिम्रो भर पर्न थालेको ।।

थाहा छैन बगाउँछ की के गर्छ यो खहरेले ।
तिम्रो हात समाएर तर्न थालेको ।।

सुन्दर संसार सजाएर मन भित्र भित्रै ।
तिम्रो मनमा न्यानो माया भर्न थालेको ।।

राजन समिप, ओखलढुंगा

 
गजल
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ ।।
चाखो माया पियारी माझ् छर्न बाँकी छ ।।

संगै जिउने संगै मर्ने बाचा कसम खाँदै ।
पिरतीको खोला पनि तर्न बाँकी छ ।।

उनको खुशि लाने आफु गए पछि ।
यस्तो संस्कार तोड्न मैले मर्न बाँकी छ ।।

No comments:

Post a Comment