ओखलढुङ्गा साहित्य
Sunday, July 8, 2012
Saturday, January 21, 2012
कथा
लभ इज डेड !
रुमन न्यौपाने
कथाहरु फेरीएका छन् । प्रत्येक घरहरुको उज्यालो फेरीएको छ । भरे उसकी श्रिमतीले एउटा नयाँ कथा सुनाउँने छे । 'फलानोको स्त्रीले अबैघ रुपमा जाँघ फाटी रे' । कयौं कथाहरु हरेक दिन नौला लाग्छन् । उ पनी ट्वाल्ल परेर त्यही उत्तानो पल्टीएको उपत्यकालाई हेर्दै छ । मैले भन्दा फरक त्यसले केही देखीरहेको छैन । तर उपत्यकाको बुढ्यौली त्यसलाई सरे जस्तो लाग्छ । अली बुढो देखीएको छ । म उसको नाम जान्दीन । म कसैको नाम संझीने कोसीस पनी गर्दीन । उपत्यकाले कसैको परीचय मागेको थिएन । सायद कसैले पनी यो कोलाहालमा कसैको परिचय माग्ने छैन । मैले उसलाई मनमौजी नाम दिन सक्छु । म ढुक्क भएर उसलाई हेर्न थाल्छु । उ टाईको नट दाँया बाँया घुमाउँदै हुन्छ । म उपत्यकालाई छोडेर उसलाई हेर्दै छु । खल्लो अनुहार पारेर त्यो ह्विस्कीको गिलास भित्र हेर्न थाल्छ । झिङ्गा डुबेछ । उ वेयटर लाई ईसारा गर्छ । अब, उसले ह्विस्कीको फ्रेस फेटोकपी ल्याएर राखी दिएको छ । भोली बिहान झिङ्गाको मृत खबर अखबारहरु किन छाप्दैनन् ? म उसले ह्विस्की को प्रतीलीपी पिएको हेर्न थाल्छु । उ अब ढुक्क हुन सक्छ? म कामना गर्छु अर्को झिङ्गा ले देहत्याग नगरोस् । 'झिङ्गा मेरेको प्रत्येक खबर छाप्न सकीदैन' म आफुलाई संझाउन खोज्छु । वेयटर चिकेन सिज्लर लिएर आईपुगेको छ । म उसलाई धन्यबाद नभनी र्फकाईदिन्छु । म फेरी उसलाई ध्यान दिन्छु । उ सिग्रेट सल्काउन खोज्दै छ । तुँवालो ले छोपिएको उपत्यका जस्तो उसको गहुँगोरो बर्ण त्यही धुँवाको फोहरामा बिलाएको देख्छु । नग्न नर्तकीरु आईपुगेका छन् । साँधुरो कम्मर हल्लाएर ईटालिएन संगीतमा आफुलाई नंगाउँदै छन् । म त्यता हेर्दीन । उ त्यो नग्न नाच मात लिएर हेर्दै छ । बाहीर उपत्यकालाई उज्यालोको खडेरी लागेको छ । अन्धकारमा एउटा सिङ्गगो मृत उपत्यका निदाउँन खोज्दै छ । तातो पानी अगाडी सार्छु र ह्विस्कीमा मिलाएर पिउन थाल्छु ।
कोटको तातोमा हात घुर्सान पुग्छु । यो मेरो प्रेमीले गत क्रीसमसमा दिएको हो । हामी गत साल संगै थियौ । उसले कोट उपहार दिएको मन परेको थियो । कोट तातो छ । मायाको तातो? 'होईन' । माया तातो या चिसो नहोला । अझ बडी यो चिसोको अबशेस नै हो । म ठोकुवा गरेर भन्छु । गजब्ब छ । यो माया गजब्ब छ । कहीले चिसो या त कहीले तातो मलम मन मनै लेप्सिए जस्तो । म आफै भित्र काउकुती लागे झै यसो हल्लीन्छु । त्यो अहीले तरुनीको नाच बाट आँखा हटाएर अर्को सिग्रेट सल्काउन खोज्दै छ ।
के त्यो मेरो प्रेमी बन्न सक्छ ? म उपत्यका लाई प्रश्न गर्छु ।
त्यो अँध्यारो संगको सहबासमा मस्त छ । मेरो प्रश्न त्यही अँध्यारोले क्वाप्प खाए जस्तो लाग्छ । सुन्ना माथी सुन्ना थपीए जस्तो प्रेमले प्रेम खासै कहीले दिएन । कोटको खल्ती भित्र फेरी हात घुसार्छु । यो अझै तातो भएको छ ।
मन उम्लीएर आँउछ । प्रेमको यो तातो उम्लाई । यो तातो त्यो मानीस तिर बढ्दै छ । म तान्न खोज्छु त्यो झन अगाडी तिर बड्छ । म नशाको अर्को गिलास उठाउँछु । उसको सिग्रेटको गन्ध मेरो नाकको पोरा सम्म आईपुग्छ । गन्घ मिठो छ तर मेरो प्रेमीले उडाएको जस्तो होईन ।
म अर्को हात पनी कोटको खल्ती भित्र हाल्छु । यो सेलाउला ? कालो कोटको प्रेम कुनै दिन सेलाउला ? उड्दै आएको सिग्रेटको धुँवालाई अर्को प्रश्न गर्छु । अब धुँवा अलमलीएर मेरो अगाडि आई रुमल्लीएको छ । र मलाई नै प्रश्न गरे जस्तो लाग्छ । के तिमी प्रेम निभेको हेर्न खोज्दैछौ ? केही भन्न सक्दीन । म फेरी त्यो मानीसतिर हेर्न थाल्छु । अहीले मेरो सामु एक जोडी ख्याउटे आँखा आएर रोकीएका छन् । म त्यस भित्र प्रेम खोज्न थाल्छु । छुट्टाउन खोज्छु, यि सग्ला आँखा प्रेमका प्रतिक हुन या होईनन् ।
म ति एक जोडी आखाँ लाई कोईशन गर्छु । के तिमी प्रेम हौ ? खासै काम बनेन । उफ ! त्यसको कोश ज्वालामुखी जस्तो बलेको देखिदैछ । उग्र भएर म तिर तनमयले हेर्न खोज्छ ।
'के तिमीले कसैको हत्या गरेका छौ ? म त्यसलाई सोध्न थाल्दा रोकीन्छु ।
त्यो मानीस टेबलमा टाउको बजार्दै छ । किन ? उसकी श्रिमती पोईल गएकी होली या त भाडावाल संग त्यसकी तरुनी छोरी भागेकी हुन पर्छ । म त्यसलाई प्रेममा पागल बन्दै गएको देख्छु । कस्तो पागलपन । म त्यस्की प्रेमिका भईदिएकी भए । चिसो बतासले मेरो छाती चिस्याउँदै लगेको छ । हातहरु फेरी चिसा भईसकेछन् । कोट को खल्ती भित्र हात फेरी घुसार्छु । वेयटर घरी घरी मेरो तिघ्रा हेर्न आए जस्तो लाग्छ । त्यसले भर्खर मेरो ओठमा हेरेर गएको छ । मलाई त्यसका नजरहरु घिनलाग्दा लाग्दैनन् । म त्यसलाई फ्राई फीस लेराउन भन्छु । पुरुष आँखाहरुले मेरो छाति तिर या शरिर तिर नियालेर हेर्दा म मेरो नितब्बको आयतन बडेको अनुभब गर्छु । ति सबैले मलाई निखारेर खाँदा हुन् । म घिन लाग्दो सोच्नु भन्दा अगाडी, ह्विस्कीको गिलास उठाउँदै फेरी पिउन थाल्छु । त्यो मानीस अहीले अर्को टेबलमा सरेको छ । ईटालिएन म्युजिक लाई हिप हप स्टान्ड मा फेरीएको छ । नर्तकीहरु फेरी नाच्न आईपुगेका छन् । मलाई स्त्रिहरु नाचेको त्यती कहीले मन परेन । म त्यसलाई नै हेर्न थाल्छु ।
उपत्यका निदाएको मध्य रात । कोलाहाल देखी केही टाडा । यही रात म 'प्रेम' लाई मृत घोषणा गर्न तम्सिएको छु । जसरी ईश्वरको मृत्यु भएको घोषणा गरीएको थियो । जसरी लेखकको मृत्यु भएको घोषणा गरीएको थियो । प्रेम आज मर्दैछ ? हो, म प्रेमको मृत्यु भएको घोषणा गर्ने छु । मैले प्रेमको मृत्यु भएको घोषणा गरे । अब उप्रान्त प्रेम कसैले गर्ने छैन । प्रेमको आलिङ्गन मा बाँधिनु पर्ने आवश्यकता रहेन । झ्याल बाहीर हेर्छु । अँध्यारो छ । कतै कतै उज्यालो केन्द्रबिन्दु पारेर उभिएको छ । म बारको धुमील प्रकास भित्र र्फकन्छु । अहीले त्यो मानिस कराउँदै छ । त्यसले पनी प्रेमको मृत्यु भएको खबर पाएको हुनु पर्छ । भोली यसले प्रेमको मृत्यु भएको घोषणा को साक्षी बस्ने छ । भोली बिहान सम्म मा यो खबर ईतिहाँस बनेर लमतन्न पसारीएको उपत्यकाको चारै तिर फैलीसकेको हुनेछ ।
प्रेमको मृत्यु भएको खबर अखबारहरुमा छापिने छन् । ब्रेकिङ न्युज बन्ने छन् । त्यती बेला म मेरो कालो ओभरकोट संगै नयाँ प्रेमिको घरमा भेटिनेछु सायद । के भन्न सकिन्छ र? आज प्रेम मरेको छ । म त्यो मानिस तिर र्फकिन्छु । यस लाई भोली कतै भिडमा तपाईहरुले देख्नु हुनेछ 'प्रेम को मृत्यु भएको' नारा घन्काँउदै गर्दा । त्यो अहीले नर्तकीको स्तन वरिपरी आफ्नो मुन्टो हल्लाउँदै छ ।
नजिक बाटै गईरहेको वेयटर लाई म मृत्युको खबर सुनाउँछु । उ दङ्ग पर्छ । प्रेमको मृत्यु भएको खबरमा मानीस किन यती चाख मान्दै छन् ? बारमा ठुलो हलचल हुन्छ । सबैले प्रेमको मुत्यु भएको कुरा एक एक पटक उच्चारण गरीसकेका छन् । बारको मेनेजर अहीले हँसिलो मुद्रामा वेयटरको छेउमा उभिएको छ । सायद उसले पनी 'प्रेमको मत्यु भएको खबर' सुनिसकेको हुनु पर्छ । 'प्रेमको मृत्यु भएको छ' वरिपरीको स्पिकरहरुमा loop हुन थाल्छ । मेरो नाम सहीत मलाई सम्मान दिने घोषण तुरुन्त गरियो । मेरो नाम बोलाएको मघुरो लय कान सम्म आई पुग्दै छ ।
'आरुषी' –म छेउमा एउटा पुरुष स्वर गुञ्जन्छ ।
म ब्युँझन्छु । मेरो नयाँ प्रेमी म संगै निदाई रहेको छ । उ सपनामा मेरो नाम लिदै हुन्छ । मेरो नाम सपनामा लिन उसले कस्तो सपना देखेको हुनुपर्छ । छेउमा छरिएको ओभर कोट लाई म आफुतिर तान्छु र सोच्न थाल्छु । 'के प्रेमको मृत्यु भएको घोषणा गर्न त्यो समय उचित थियो' ? ओभरकोटको तातोमा गुटमुटीएर लमतन्न फैलिएको उपत्यकालाई फेरी देख्न खोज्छु ।
निदाएपछी फेरी यही सोच्दै हुन्छु । 'के प्रेमको मृत्यु सही छ?

Friday, January 20, 2012
लेखहरु
सिद्धिचरण शतबार्षिकी विशेष कविताबाटै विद्रोह
चित्तरञ्जन नेपाली
नेपालको काव्यजगत्मा सर्वप्रथम 'क्रान्तिविना यहाँ हुँदैन शान्ति' -मूल नेपाल भाषामा ः क्रान्तिविना थन ज्वीमखु शान्ति)ं भनी हुँकार गर्ने अग्रणी क्रान्तिकारी कवि हुन्- युगकवि सिद्धिचरण श्रेष्ठ । यसरी नेपाल भाषाको कवितामा सबैभन्दा पहिले उनले 'क्रान्ति' शब्द प्रयोग गरे, त्यो पनि राणा शासनको जमानामा भने नेपाली भाषाको कवितामा 'हडताल' शब्दको प्रयोग पनि उनैले गरेका थिए । 'आज नखाऔँ नसुताँै आओ सब मिली हड्ताल मचाआँै' उनका यिनै अभिव्यक्ति एवम् तत्सम्बन्धी क्रियाकलापका कारण सम्वत् १९९७ सालको नेपाल प्रजापरिषद्सम्बन्धी राजनीतिक काण्डमा राणा सरकारले उनलाई पक्राउ गरी १८ वर्षको जेल सजाय दिएको थियो । तर, पछि सम्वत् २००२ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले राजीनामा गरी जाने बेला केही राजनीतिक बन्दीलाई जेलबाट मुक्त गरेका थिए । यसरी त्यसबखत जेलमुक्त हुनेहरूमा सिद्धिचरण श्रेष्ठ पनि परेबाट उनले करिब पाँच वर्षमात्र जेल जीवन बिताउनुपर्यो ।
युगकवि सिद्धिचरण श्रेष्ठ विद्रोही एवम् क्रान्तिकारी कवि हुनुको अतिरिक्त नेपाली -एवम् नेपाल भाषाको पनि) काव्यजगत्मा स्वछन्दतावादका प्रणेता कवि पनि हुन् । वास्तवमा उनी नेपाली काव्याकाशमा कहिल्यै नअस्ताउने एउटा अत्यन्त चम्किला तारा हुन् भनेमा अत्युक्ति हुने छैन । नेपाली काव्यजगत्मा उनले गरेको योगदान सम्बन्धमा यो छोटो लेखमा उल्लेख गरेर साध्य हुने कुरा होइन । असङ्ख्य फुटकर गीतिकविताका धनी कवि सिद्धिचरण श्रेष्ठका लामा कविताका रूपमा कतिपय खण्डकाव्य पनि प्रकाशित भएका छन् । र्ऊवशी, आँसु, उत्तरा विलाप मङ्गलमान, भीमसेन थापा, आत्म बिलौना आदि । अनि फुटकर कविताहरूमध्ये उनका कालजयी कविताहरू हुन्- ओखलढुङ्गा, चम्क युवक अब चम्कन चम्क, हल्चोक, तिम्रो बासित पैसा छैन आदि । उनका यिनै विभिन्न कवितामध्ये एउटा अर्को कालजयी कविता 'मेरो प्रतिविम्ब' सम्बन्धमा सङ्क्षिप्त रूपमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
सम्वत् १९९७ सालको प्रजापरिषद् काण्डमा राणा शासनले गरेको दमनबाट केही वर्ष आन्दोलनमा सुस्तता आएको थियो । सम्वत् २००२ सालदेखि पुनः राणा शासनविरुद्धमा पर्चाबाजीका साथै सत्याग्रह आन्दोलन सुरु भयो । विशेषतः सम्वत् २००४ र २००५ सालमा आन्दोलनले उग्र रूप लिएको थियो । कैयौँ व्यक्ति जेलमा थुनिए भने सालतिर कतिपय व्यक्ति भारत प्रवासमा गए । सम्वत् २००६ सालतिर आन्दोलनमा पुनः केही सुस्तपना देखियो । भारतमा बसी राणा शासनविरुद्ध लागेका नेताहरूमा पदका निम्ति आपसी फुट र वैमनस्यले गर्दा पनि शिथिलता देखिएको थियो । नेपालभित्र एकप्रकार मूर्दा शान्ति छाएको थियो, भनूँ आँधी आउनुभन्दा अगाडिको शान्तिजस्तो । तर, युगकविलाई यो शान्ति भनूँ वा शिथिलता सहृय भएन । माथि नै भनियो उनी विद्रोही कवि थिए । उनीभित्र राणा शासनविरुद्ध आगो दन्किरहेको थियो । अतः यहाँको जनताको त्यसबखतको जनजीवनप्रति कविले उपहास गरी लेखे आˆनै प्रतिविम्बलाई प्रतीक बनाएर । सम्वत् २००६ साल वैशाखको शारदा पत्रिकाको वर्ष १५ अङ्क १ मा प्रकाशित यो कविताले त्यसबखतको नेपाली जनताको गतिविधिप्रति कविको असन्तोषलाई व्यक्त गर्छ । कविता यस्तो थियो ः
'मेरो प्रतिविम्ब'
क्यै हारेझैँ, क्यै बिर्सेझैँ
को त्यो पथमा आइरहेको ?
कुकुरजस्तै लुरुलुरु हिँड्दै
दुर्बलताले पीर निखन्दै
को त्यो पथमा आइरहेको ?
दुइटा लट्ठी एउटा ढुङ्गा
ढुङ्गामास्तिर यौटा फर्सी
राखी, यो हो मानिस भन्दै
बालकहरूले तानिरहेझैँ
को त्यो पथमा आइरहेको ?
सत्य नचिन्ने झुट अँगाल्ने
गिर्दै तलतल म उठेँ भन्ने
वातावरण नै दूषित पार्ने
वरपर हेरी देख्न नसक्ने
को त्यो पथमा आइरहेको ?
आकृति हो तर रूपविहीन
भाषा हो तर भावविहीन
मान्छे हो तर आत्माहीन'
चारैतिरको बन्द विचार-
यो मेरो प्रतिविम्ब हिँडेको !
यसरी युगकवि सिद्धिचरण श्रेष्ठले प्रतीकका रूपमै भए पनि आˆनो अवमूल्यन गरेको, आˆनो उपहास गरेको अर्का मुर्धन्य कवि एवम् नाटकसम्राट बालकृष्ण सम -त्यसबेला शमशेर) लाई चित्र बुझेन र त्यसको प्रतिक्रियास्वरूप तत्काल प्यारोडीका रूपमा कविता रची शारदा पत्रिकाकै जेठ महिनाको वर्ष १५ अङ्क २ -२००६ साल) मा प्रकाशित गरे । हुन त बालकृष्णशमशेर राणा परिवारकै एक सदस्य हुन् । अतः उनले युगकवि सिद्धिचरण श्रेष्ठका अवमूल्यनको -चाहे आफैँले व्यक्त गरेको भावना किन नहोस्) त्यसको विरोधस्वरूप उनको व्यक्तित्वलाई उठाएर कविता प्रकाशित गर्नु एकप्रकारले आश्चर्य नै थियो भन्न सकिन्छ । तर पनि राणा परिवारमा व्याप्त 'एबीसी' विभाजनले गर्दा उनी 'रोलवाला राणा'मा नपरी तिनीहरूद्वारा पीडित राणामा परेका थिए, आˆना छोरा-नाति भन्न लायक भए पनि रोलवाला 'ए' क्लासका बच्चा राणालाई झुकेर सम्मान गर्नुपर्ने एक निरीह राणा थिए । यसै कारणले त होला पछि सम्वत् २००७ सालमा राणा शासनको विरोधमा आन्दोलन चर्किएपछि उनी सरिक कतिपय राणा परिवारका व्यक्ति आन्दोलनमा सरिक भएको । साथै आन्दोलनमा सहिद भएका न्हुच्छेरत्नलाई 'शेर' मानी उनलाई आˆनो नामको 'शेर' अर्पण गरी आफू 'सम'मा परिणत भएको । त्यसबखत युगकवि सिद्धिचरणको कविताको प्रतिक्रियामा बालकृष्णशमशेरले प्रकाशित गराएको कविता यस्तो थियो ः
कवि सिद्धिचरणको
'मेरो प्रतिविम्ब' प्रति
क्यै जितेझैँ क्यै सम्झेँझैँ
को त्यो पथमा गाइरहेको ?
मानिसजस्तै सुरु-सुरु हिँड्दै
सवलताले ती निखन्दै
को त्यो पथमा गाइरहेको ?
दुइटा खम्बा बलियो भित्ता
भित्तामास्तिर एउटा छाना
राखी, यो हो आलय भन्दै
पुस्तकहरूले तानिरहेझैँ
को त्यो पथमा गाइरहेको ?
झुट नचिन्ने सत्य अँगाल्ने
चढ्दै मस्तिर म गिरँे भन्ने
वातावरण नै दूषित पार्ने
वरपर हेरी अड्नु नसक्ने
को त्यो पथमा गाइरहेको ?
आकृति हो तर रूप अनुप
भाषा हो तर भाव अपूर्व
मान्छे हो तर आत्मा उच्च
चारैतिरको मुक्त विचार
यो तेरो प्रतिविम्ब उडेको ।
अन्त्यमा युगकवि सिद्धिचरण श्रेष्ठले उपर्युक्त कविता 'मेरो प्रतिविम्ब'मा आˆनो प्रतिविम्बलाई प्रतीक बनाई जुनसुकै भावना गर्न खोजेको भए पनि त्यसको प्रतिक्रियामा नाटकसम्राट बालकृष्ण सम -त्यसबेला शमशेर)ले तत्काल कविताबाट व्यक्त गर्न खोजेको भावना नै युगकवि सिद्धिचरण श्रेष्ठको 'व्यक्तित्व'का निम्ति सुहाउँदो थियो ।
कवि सिद्धिचरण शतवाषिर्की विशेष
मेरो साहित्य-यात्रामा शिरोमणिको स्थान
सिद्धिचरण श्रेष्ठ
आˆनो किशोरावस्थादेखि कवि बन्ने धोखो लिएको म सिद्धिचरणका निम्ति कवि शिरोमणि लेखनाथ पौड्याल महान् छन्, पुज्य छन् । म दरबार स्कुलको विद्यार्थी छँदा उहाँलाई नेपालको त्यस समयको सर्वश्रेष्ठ कविका रूपमा लिइन्थ्यो । शिक्षकहरूले प्रायः उहाँकै चर्चा गर्ने गर्थे । म तेस्रो कक्षामा पढ्दा उहाँद्वारा रचित 'पिँजडाको सुगा' नामक कविता निकै चर्चित थियो । त्यस कवितालाई कण्ठ गरी लयबद्ध रूपमा ठूलो स्वरले पाठ गर्नु हामी विद्यार्थीका लागि प्रायः दिनचर्या नै थियो । म पाँचाँै कक्षामा पढ्दा मखनटोलस्थित एउटा पुस्तक पसलबाट शिरोमणिको 'सत्यकलि संवाद' मेरी स्वर्गीय आमाको थैलीबाट चोरेको पैसाले किनेर ल्याएको सम्झन्छु । मलाई छन्द र व्याकरणको ज्ञान नभए तापनि म त्यसपछि अनुप्राससम्म मिलाएर कविता लेख्न थालेँ ।
मेरा स्वर्गीय पिता खरिदार विष्णुचरण श्रेष्ठको लेखनाथजीसँग राम्रो परिचय थियो । मेरो 'परिचय' नामक कविताबाट उहाँ निकै प्रभावित हुनुभएको कुरा पिताजीबाट थाहा पाएपछि कविता लेख्ने प्रेरणा ममा प्रवल रूपमा जागेको म राम्ररी सम्झन्छु ।
मैले उहाँलाई ंवि.सं. १९९१ तिर पाको पोखल्ढ्याङस्थित जोर गणेश छापाखानामा पहिलोपल्ट देेखेको हुँ । त्यसपछि मेरो उहाँसँग परिचय भयो । यस परिचयपछि म उहाँलाई आफूले रचेका कविता समय-समयमा देखाउन थालेँ । नमिलेका ठाउँमा सच्चाइदिन उहाँ झर्को मान्नुहुँदैनथ्यो । उमेरमा मभन्दा २९ वर्ष जेठा लेखनाथजीसँग मेरो सम्बन्ध गाढा रूपमा विकसित त्यस समयमा भयो जब मैले नेपाल प्रज्ञाप्रतिष्ठानको स्थापनाकालदेखि नै उहाँको निधन नहोउन्जेल आठ वर्षसम्म सो प्रतिष्ठानको सदस्यका हैसियतले काम गर्ने सौभाग्य पाएँ । उहाँसँग एकाधपल्ट साथै हिँड्न पाउँदा पनि गौरवको अनुभूति हुने समयमा यत्रो लामो अवधिसम्म साथै काम गर्न पाउनु आˆनो अहोभाग्य सम्झन्छु ।
उहाँकोे सामिप्यमा रहँदा मैले उहाँमा थुप्रै-थुप्रै अनुकरणीय गुन भेट्टाएको छु । उहाँसँगको प्रत्येक भेटमा उहाँमा एक नयाँपन अथवा ताजापन पाइन्थ्यो । बालसुलभ स्वभावका कुवेर हुनुहुन्थ्यो उहाँ । जस्तो रुचि, सोचाइ र उमेरका व्यक्तिसँग उहाँ हुनुहुन्छ, आफू पनि त्यस्तै भइदिन सक्नुहुन्थ्यो । ठट्टेउला ठिटाहरूमाझ आफूलाई पनि सोही रूपमा प्रस्तुत गर्न सक्ने खुबी उहाँमा थियो ।
शब्द-शब्द कुँदेर त्यसमा गहन भाव भर्ने अद्वितीय कला लेखनाथजीमा थियो । मेरो दृष्टिकोणमा उहाँले वि.सं. १९७२ देखि १९८४/८५ भित्र गर्नुभएका कृतिहरू नै नैसर्गिकता र सहज स्फूरणका हिसाबले उत्कृष्ट छन्, यद्यपि त्यसपछिका रचनाहरू कल्पना, विचार र परिमार्जन हिसाबले भने ती कृतिहरूभन्दा अगाडि छन् ।
मेरो साहित्य-यात्राको सुरु-सुरुका दिनमा मैले पनि कविता फाँटमा नयाँ मौलिकता स्थापित गर्न सक्नुपर्छ भन्ने भावनाले कुत्कुत्याइरहन्थ्यो । म नवीन शैली समातेर अघि बढ्न चाहन्थेंँ । छन्दभित्र बाँधिन चाहन्नथेँ र फलस्वरूप गद्य कवितातिर अग्रसर भएँ । यसरी मैले नेपाली साहित्यमा स्वच्छन्दतावादी प्रयोग भित्र्याउने कोसिस गरेँ । पछि, लक्ष्मीप्रसाद देवकोटाजीले पनि यसै काव्यधारालाई समात्नुभयो र हामी दुई यसै शैलीमा आˆना कविता रच्न थाल्यौँ । मैले यसरी अर्कै माध्यम समाते तापनि लेखनाथजीप्रतिको मेरो आकर्षण दृष्टिकोण र सम्मानभावमा कमी कहिल्यै आएन । ममाथि उहाँको गहिरो प्रभाव मेरो किशोरावस्थामै परेको थियो ।
----------------------------------------------------------------------------------------------------------
सिद्धिचरणबारे मोहन वैद्य किरण 'चैतन्य'
सिद्धिचरणको लेखनलाई दुई चरणमा विभाजित गर्नु उपयुक्त हुनेछ । पहिलो कालखण्ड अर्थात् सुरुवाती चरणमा सिद्धिचरण एउटा क्रान्तिकारी कविका रूपमा देखापर्छन् । उनले -२००७ अगाडि नै क्रान्तिविना हुँदैन शान्तिजस्ता क्रान्तिकारी कविता लेखे । अर्को कुरा, सिद्धिचरण स्वच्छन्दतावादी धाराका देवकोटापछिका ठूलो हस्ती हुन् सिद्धिचरणले स्वच्छन्दतावादी धारा विकसित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
पहिलो कालखण्डमा सिद्धिचरण सामन्तवादको विरोध र जनवादको पक्षमा आवाज उठाउने देशभक्त कविका रूपमा देखापर्छन् । दोस्रो कालखण्ड अर्थात् पञ्चायतकालमा उति लिखारिएर देखा परेनन् सिद्धिचरण । देशभक्तिको पक्षमा आवाज उठाए पनि जनवादको पक्षमा उनमा अलि कमजोरी देखियो । समग्रमा जनवाद, देशभक्ति, रूपान्तरणको पक्षमा कवितामार्फत सिद्धिचरणले दिएको योगदान नयाँ पुस्तालाई उत्प्रेरित गर्नेखालको छ ।
---------------------------------------------------------------------------------------------------------------
गीतमा युगकवि
मेरो प्यारो ओखलढुङ्गा
कविहरुको भीडमा गीतकारहरु हेपिने समय थियो, त्यो बेला । आफू ठूलो देखिन अरुलाई होच्याउने संस्कार 'राल्फा' आन्दोलनमा लागेहरुलाई पचेन । त्यसैले पनि उनीहरुले थालेका थिए, कवितालाई नै गीत बनाउने अभियान । यद्यपि, राल्फाले खासै अर्थ नदिने अमूर्त शब्दहरुमा पनि गीत गाउँदै थिए । इतिहासको बिद्रोही साङ्गीतिक समूह 'राल्फा' का नायक रामेश भन्छन्-"हो, त्यही क्रममा कवितालाई गीत बनाउन थाल्यौं । अनि जन्मियो सङ्गीतमा, मेरो प्यारो ओखलढुङ्गा....।"
राल्फालीहरुले युगकवि सिद्धिचरण श्रेष्ठ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, गोपालप्रसाद रिमाललगायतका कवितामा सङ्गीत र स्वर भर्न थाले । नेपाली सङ्गीतमा एउटा नयाँ तरङ्ग र उभार जन्माए ।
रामेशले २०२५ सालतिर मेरो प्यारो ओखलढुङ्गा... मा सङ्गीत भरे । सहरदेखि गाउँगाउँसम्म गाउँदै हिँडे । जनताले औधी मन पनि पराए । तर, त्यसको ६ वर्षपछि २०३१ सालतिर रेडियो नेपालमा रेकर्ड भयो । गीत रेकर्ड भएपछि युगकवि सिद्धिचरणबाट रामेशलाई बोलावट भयो । ओमबहालस्थित युगकविको घरमा हार्मोनियम, तबला बोकेर गीत सुनाउन गएको क्षण सम्झदै रामेश भन्छन्-"पहिला गीत सुन्नुभयो, त्यसपछि कविताभन्दा मीठो भएको प्रतिक्रिया दिनुभयो ।"
मेरो प्यारो ओखलढुङ्गा...गीतलाई पछि केही साङ्गीतिक पक्षमा परिवर्तन गरी नारायणगोपालको स्वरमा पनि रेकर्ड गरियो । रेडियोले रामेशको गीत बजाउन छाड्यो । तर, त्यो गीतप्रति रामेशको प्रेम अहिले पनि उत्तिकै झाँगिएको छ । त्यसैले त नयाँ सङ्गीत संयोजनसाथ मेरो प्यारो ओखलढुङ्गा...रेकर्ड गराएका छन् । चाँडैनै स्रोताबीच ल्याउन लागिएको एल्वमको नामै 'मेरो प्यारो ओखलढुङ्गा' राखेका छन् ।
रामेशले युगकविका आठ/नौं वटा गीत गाउनुभएको छ । हिमगिरी मण्डित सुगन्ध शोभित..., संकट पर्छ मान्छेलाई ढुङ्गालाई के पर्छ ?..., बा आउनु भएन...लगायत गीत गाउनुभएको छ । युगकविको खण्डकाब्य 'मङ्गलमान' पढेर त्यसको सारको रुपमा 'मङ्गलमान...' गीतसमेत लेख्नुभएको छ । युगकविको गीतिबिम्ब र प्रवृत्तिबारे रामेश भन्छन्-"युगकविका गीतहरुमा राष्ट्रप्रेम, प्रकृतिप्रेम, श्रमशीप्रतिको माया र ढोंगी, पाखण्डप्रति बिद्रोह नै झल्कन्छ ।"
सङ्कट पर्छ मान्छेलाई ढुङ्गालाई के पर्छ
असिना आई फूलबारीमा फूलहरु पहिले झार्छ
माथिका गीति पङ्गतीहरुलाई रामेशले २०४४ सालतिर सङ्गीतबद्ध गरेका हुन् । गीतको पृष्ठभूमि कोट्याउँदै रामेश भन्छन्-"महाकवि लक्ष्मीप्रसाद देवकोटा पुत्रवियोगमा रहेका बेला युगकवि भेट गर्न जानुभएछ । त्यहीबेला महाकविको विलौना सुनेपछि युगकविले रचना गर्नुभएको गीतलाई गाएका हौं ।"
युगकविका गीतलाई म्युजिक नेपालले 'घामपानी जिन्दगानी' शीर्षकमा एल्वमसमेत प्रकाशित गरेको छ । जसमा आठ गीत रहेका छन् । उहाँका गीतलाई नारायणगोपाल, अम्बर गुरुङ, भक्तराज आचार्य, तारा थापा, योगेश्वर अमात्य, दीप श्रेष्ठ, प्रेमध्वज प्रधान, कुन्ती मोक्तान, किरण प्रधानले गाएका छन् । गायिका निशा देसारले पनि मेरो प्यारो ओखलढुङ्गा... गाएकी छन् ।
यो देशको निमित्त
म नाचूँ कि गाऔं
कि गला मिलाऔं...
योगेश्वर अमात्यले रकपप शैलीमा गाएको माथिल्ला गीत होस् वा दीप श्रेष्ठले गाएको आमा म बहुला होइन...स्रोताका लागि कर्णपि्रय रहेका छन् । युगकविको सतवाषिर्की वर्षका लागि जनकवि दुर्गालाल श्रेष्ठले लेखेको गीतमा रामकृष्ण दुवालले स्वर र सङ्गीत दिएका छन् । युगकविका कविता वाचन र त्यसैमाथि ४८ जना कलाकारले चित्र बनाउने कार्य पनि सम्पन्न भइसकेको छ । युगकविका छोरा रविचरण श्रेष्ठका अनुसार ती चित्रकलालाई पनि यसै वर्ष सार्वजनिक प्रदर्शन गरिने छ । युगकविका गीतहरुलाई सङ्कलन गरेर एल्वम प्रकाशन गर्ने पनि तयारी भइरहेको छ ।
दीपक विहीन
-------------------------------------------------------------------------------------------------------------
युगकविको तुलना अरु कसैसित हुन सक्दैन
कालीप्रसाद रिजाल
हाम्रो रिजाल परिवारमा उच्च अध्ययनका लागि काठमाडौँ आउने म पहिलो व्यक्ति हुँ । पूर्वी तराईका प्रायः सबै उच्च अध्ययनका लागि त्यसबेला भारत जाने गर्थे । त्यसमा पनि हाम्रो हजुरबुबा-हजुरआमा काशीबास गरिरहनु भएकाले मेरा काका, दाइ सबैले वनारसमा अध्ययन गर्दै आएका थिए । तर, मैले विद्रोह गरेँ । काठमाडाँैबाहेक अरू ठाउँ गएर म पढ्दै नपढ्ने भएँ । लाख सम्झाउँदा पनि कसैको केही चलेन । आखिर २०१३ सालमा म काठमाडाँै आएरै छाडेँ ।
काठमाडाँैप्रति यतिसारो मोह हुने कारण थियो- साहित्य । मैले स्यानै उमेरमा आमाको मुखबाट लेखनाथ, देवकोटा, सम, सिद्धिचरण आदि मुर्धन्य कविहरूको कविता सुनेको थिएँ । उनीहरू मेरा लागि आदर्श पुरुष थिए । काठमाडाँै मेरा लागि स्वर्गको इन्द्रपुरी थियो । मेरो माहिला काका शङ्करप्रसाद रिजाल त्यसबेला अदालतमा सुब्बा हुनुहुन्थ्यो । नक्साल चारढुङ्गेमा डेरा थियो । काठमाडाँै उत्रिएकै दिन बाहिर निस्केर पहिलो काम वरिपरिका मान्छेबाट कविहरूको निवासबारे जानकारी लिएँ सबैभन्दा नजिक बालकृष्ण समको निवास रहेको थाहा पाएपछि भोलिपल्टै म उहाँको ढोकामा पुगँे । त्यसपछि ओमबहाल पुगेर सिद्धिचरणज्यूसित भेट गरेँ । यी दुई कवि दुई विपरीत ध्रुवका मान्छेजस्तो लागेको थियो त्यसबेला । सिँगारपटार गरेको समज्यूको व्यक्तित्व कुनै नाटकको पात्रजस्तो लाग्थ्यो । संवाद पढेजस्तो उहाँको बोल्ने शैली पनि विचित्रको थियो । समज्यूको बैठकमा म खुम्चिएर बसेको थिएँ । त्यस्तो भव्य बैठक कोठा मैले जीवनमा देखेको थिइनँ । जङ्गीपोसाकका तस्बिर, भित्तामा टाँसिएका बाघ र अर्नाका जीवन्त मुख, चित्रकला कृति, सजाएर राखिएका विभिन्न कलात्मक वस्तु देेखेर म अवाक् भएको थिएँ । तर, त्यसको विपरीत सिद्धिचरणज्यूको व्यक्तित्त्व अति नै साधारण र सरल प्रतीत हुन्थ्यो । उहाँको घर र कोठा पनि सामान्य थियो । पलेँटी मारेर दरीमाथि राखिएको चकटीमा बसेको थिएँ । मैले कापीमा भएका सबै गीत, कविता गाएर सुनाएँ । बीचबीचमा दोहोर्याउन लगाउनुभयो । म त्यसबेला ११ वर्षको थिएँ । सायद त्यो उमेरको केटोले त्यस्ता गीत, कविता लेखेको होला भन्ने कुरामा उहाँलाई पत्यार भएन । त्यसबेला काठमाडाँैमा फाटुफुट्ट हैजाको प्रकोप चलेको थियो ।
प्रत्येक दिनजसो मान्छे मरिरहेका थिए । मलाई जाँच्ने हिसाबले होला उहाँले हैजा शीर्षकको कविता लेखेर ल्याउन भन्नुभयो । तीन दिनपछि कविता लिएर म ओमबहाल पुगेँ । मलाई पूरै कविता अहिले याद छैन । केही सुरुका पङ्क्तिहरू यसप्रकार थिए ः
ए हैजा ।
मान्छेलाई नलैजा
एउटा मान्छे नहुँदा पनि
टोल-छिमेक नै शून्य हुन्छ
रुवाबासी मच्चिन्छ
यहाँको अभाव दुःखलाई लैजा
झगडा वैमनश्यतालाई लैजा
तर मान्छेलाई नलैजा
ए हैजा ।
मान्छेलाई नलैजा
कविता सुनेर उहाँ गद्गद् हुनुभयो मलाई धाप दिनुुभयो र भन्नुभयो, ''नयाँ कविता लेखेपछि मलाई सुनाउनुहोला । जहिले जुनबेला आए पनि हुन्छ । आˆनै घरजस्तो ठान्नुहोला ।'' यो सुनेर मेरो हर्षको सीमै रहेन । मेरा लागि त्यो सबैभन्दा खुसीको दिन थियो । कसैलाई नभन्नु भनेर यो कुरा सबैलाई सुनाएँ ।
यसपछि काजीदाइसित म धेरै नजिक हुँदै गएँ । त्यसबेला काठमाडाँैमा मलाई कसैले चिन्दैनथे । गोष्ठीको खबर पनि काजीदाइबाटै पाउँथेँ र हस्याङ्फस्याङ् गर्दै सुन्न पुगिहाल्थँे । ती सङ्घर्षका दिनहरूमा सिद्धिचरणज्यूको सामिप्यले मलाई निकै ठूलो आधार प्रदान गरेको थियो । कविता सुनेर उहाँ मलाई सुझाव पनि दिनुहुन्थ्यो ।
सिद्धिचरण श्रेष्ठ बाहिर हेर्दा साधारण देखिने एक असाधारण व्यक्ति हुनुहुन्थ्यो । बडप्पन नभएको सबैसित मिल्ने उहाँको स्वभाव थियो । उहाँका सबै कविता स्तरीय छन् । सामान्य मान्छेका अनुभूति, समस्या, सुख-दुःख र जीवनका भोगाइलाई उहाँले कविताको विषय बनाउनुभयो । प्रकृति माटोप्रतिको माया र अन्तरमनको ध्वनिलाई उहाँले वाणि दिनुभयो । मलाई सबैभन्दा मन पर्ने कुरा उहाँको कवितामा पाइने स्वाभाविक, स्वच्छन्द र निर्वाध प्रवाह हो । पहराबाट छङ्छङ् गर्दै निस्केको सलिल सरिता जस्तै उहाँका कविता सहज र स्वाभाविक ढङ्गबाट अविरल बगेजस्तो लाग्छ । मैले थाहा पाएसम्म उहाँ परिमार्जन र परिस्कारमा पनि विशेष ध्यान दिनुहुन्थ्यो । तर, स्वाभाविक प्रवाहलाई कायम राखेर सुधार गर्ने भएकाले त्यसमा कृत्रिमता झल्कँदैनथ्यो । सिद्धिचरणज्यूका सबै कविता स्तरीय हुने कारण पनि यही नै हो । कोही मस्तिष्कका कवि हुन्छन् । विचार, तर्क र ज्ञानका कविता लेख्ने कोही मनका कवि हुन्छन् मनका भावना तरङ्ग र अनुभूति प्रतिध्वनित गर्ने । सिद्धिचरण श्रेष्ठज्यूमा मन र विचार दुवैको समायोजन भएको भन्न सकिन्छ । उहाँलाई प्रायः आˆना सबै कविता कण्ठस्थ हुन्थ्यो । बीचमा रोकिनुभयो भने अगाडिका केही पङ्क्ति दोहोर्याएपछि फेरि धाराप्रवाह पाठ गर्न सक्नुहुन्थ्यो । यद्यपि, उहाँको कविता वाचन शैली त्यति आकर्षक भने थिएन । उहाँको कविता सुन्नभन्दा पढ्न बढी आनन्द आउँथ्यो । युगकवि सिद्धिचरणको कविता लेख्ने प्रक्रिया पनि अलि भिन्दै थियो । उहाँको घरको ढोका सधैंँ खुला हुने आश्वासन पाएकाले कतिपल्ट त म कविता लेख्तालेख्दै पनि पुगेको छु । तमाखु खाँदै आˆनै सुरमा मग्न भएर कविता लेख्नुहुन्थ्यो । उहाँजस्तो एकाग्रता भएको व्यक्ति मैले आजसम्म देखेको छैन । कुनै बाहिरी क्रियाकलाप, होहल्ला या आवतजावतले उहाँको लेखनमा बाधा पार्दैनथ्यो । होहल्ला, बाह्य क्रियाकलापबीच पनि एकाग्रतासाथ आˆनो लेखन क्रिया जारी राख्न सक्ने अद्भुत क्षमता थियो । कोही आगन्तुक आएमा ऊसित भलाकुसारी गर्दै सामान्य शिष्टाचार पूरा गर्दै बीचबीचमा गफ गरेर पनि तमाखु खाँदै आˆनो काव्य सिर्जनालाई निरन्तरता दिने सक्नुहुन्थ्यो । उहाँको यसप्रकारको विशेष क्षमताबाट म धेरै प्रभावित छु ।
सिद्धिचरणज्यूले नेपाली साहित्यलाई धेरै दिनुभएको छ । उहाँको तुलना अरू कसैसित हुन सक्दैन । नेपाली काव्यको एउटा धाराको प्रतिनिधित्व गर्नुहुन्छ कवि सिद्धिचरण । उहाँले आˆनो काव्यधारालाई वैशिष्ट्यसाथ शीर्षस्थानमा पुर्याइदिनुभयो । उहाँ आˆना कविताहरूमा अमर हुनुहुन्छ । नेपाली साहित्य आकाशका एक जाज्वल्यमान तारा सिद्धिचरण श्रेष्ठप्रति म हार्दिक श्रद्धाञ्जलि अर्पण गर्छु ।
-----------------------------------------------------------------------------------------------------
अऋणी हुन्छ
कमल दीक्षित
कविपुत्र रविचरण र मेरो उमेरमा ठूलो अन्तर छ तर त्यसले हाम्रो मित्रतामा कुनै आँच आएको छैन । हामी दुवै साथी-साथी छाँै । रविजीसँग मेरो मित्रता गाँसिएको ५० वर्ष भयो होला- उनी बुबाको बुई चढ्ने उमेरदेखि नै । पिता सिद्धिचरणको फोटो खिच्न म उहाँको घर पुगेको बेला कविजीलाई एउटा फोटोचाहिँ छोरालाई बोक्न लगाएर पनि खिचेको थिएँ । त्यसलाई मैले कविजीकै 'यो मेरो छोरा' भन्ने कविताको एक पङ्क्तिको क्याप्सन दिएका थिएँ- 'महाकालको दुलोमा अनन्तको पुच्छर' भन्ने त्यही प्रकरण हो रविजी र मेरो मित्रताको शुभारम्भ । त्यही क्षण सम्झन्छु म रविचरणलाई जहिले भेटे पनि ।
त्यस्ता मेरा तन्नेरी मित्रले 'बुबाको शतवाषिर्कीका लागि तपाईंको एउटा लेख चाहियो भनेपछि नलेखी
भयो ? तर, फसाद के भने मैले कवि सिद्धिचरणबारे भन्ने, भन्नुपर्ने सबै कुरा २०५८ मा लेखेेका एउटै लेखमा भ
निसकेछु । भन्ने बाँकी क्यै छैन । भए पनि रविजीले भनिसकेपछि केही त क्यै भन्नै पर्यो । म त्यसै लेखलाई 'रिमिक्स' गरेर केही कोर्ने कोसिस गर्दै छु ।
कवि सिद्धिचरणलाई मैले उपाधि चढाएको रहेछु त्यस अन्ठाउन्न सालको लेखमा उहाँ स्वर्गे भएपछि । नेपाली उपाधिभन्दा अङ्ग्रेजीमा 'एयिथेट' -उपनाम) हुन् ती मैले दिएका । किनभने गुणवाचक नभएर ती साधारण विशेषणमात्र हुन् । जस्तै मैले भनेछु- सिद्धिचरण अब युगकवि मात्र नरहेर 'जनैक नेपाली नागरिक' भएका छन् । त्यो किन रे भने- 'ऐले ओखलढुङ्गा सिद्धिचरणको पर्यायवाची शब्द हुन पुगेको छ ।' अनि मन्जुलको 'सिद्धिचरणहरू' पछि त उनको आप\mनै नामसमेत भाववाचक नाम हुन पुगेको छ । मैले भनेको- 'सिद्धिचरण प्रतिष्ठान नै खुलेको छ' या 'जीवितभन्दा अग्ला भएका छन् दिवङ्गत सिद्धिचरणैले त्यो स्पष्ट पार्छ । सम्झेर ल्याउँदा, मान्नैपर्छ यो 'सिद्धिचरण' माथि लेख्ने परम्परा पनि कविजीले स्वयम् थालेका हुन् । उनैले लेखे २००६ सालमा यस्तो-
हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ
हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आˆनै गीत गाँउछ ।'
अझ त्यसभन्दा पनि अघि कविजी आफँैले आफूलाई गिज्याएर लेखेका थिए- म के हुँ र ? ''दुइटा लट्ठी एउटा ढुङ्गा, ढुङ्गामास्तिर एउटा फर्सी'' मात्र हुँ ।
कविजीले त्यसरी आफैँलाई हियाएर लेखेको अरू तत्कालीन नेपाली कविहरूलाई पटक्कै मन परेन र उनीहरूले तत्काल त्यसको प्रतिवाद गरेका थिए- 'तिमी त्यस्ता होइनौ । तिमी त महान् आत्मा हौ भनेर त्यो प्रतिवाद- अभियानका नेता थिए स्वयम् बालकृष्ण सम । भने उनले- सिद्धिचरण ढुङ्गा र फर्सी होइन उनी त 'दुइटा खम्बा, बलियो भित्तामास्तिर एउटा छानो' भएको पुस्तकहरूको आलय हो Û समलाई पच्छ्याउँदै अरू
-कममा पनि दुईजना) तन्नेरी कविले त्यस्तै कुरा भनेको फेलापर्छ 'भारती'मा देवेन्द्रराज उपाध्याय र विष्णुप्रसाद धितालले Û
सिद्धिचरण अब त आफँै नभएर संस्था भइसकेका छन् भनेर उसैबेला लेखेको पनि निरर्थक छैन । उनका बारेमा यति लेखिएका छन्, यति अध्ययन र सोधखोज भइसकेका छन्, अब सिद्धिचरणका विषयमा केही नयाँ कुरा भन्न सकिन्छ जस्तो लाग्दैन । हेरुँ न ऐले मैले लेखमा पनि नयाँ कुरा केही भन्न नसेकेर पुरानै लेखलाई 'बासीभात' पकाइराखेको छु । तर, अब अलिकति नयाँ नै क्यै भनुँ भन्ने जमर्को गर्दै छु । पारिवारिक कुरो ।
मदन पुरस्कार गुठीका सदस्य पनि भए कवि सिद्धिचरण । मदन पुरस्कारमाथि ठूलो श्रद्धा थियो उनको । गुठीका संस्थापक रानी जगदम्बामाथि झन् ठूलो सम्मान थियो । महान् नारी हो उहाँ भन्थे मेरा पिताजीसँग । मदन पुरस्कारका मिटिङहरूमा खाजा व्यवस्था मेरो घरमा हुन्थ्यो र त्यसको सबै प्रबन्ध मेरी पत्नीले गर्नुपथ्र्यो । देवीजीले । 'देवीजी' भनेकाले उनी पनि 'देवीजी' नै भन्थे- अन्जु दीक्षितलाई । देवीजीले लेखेका कथा गोरखापत्रमा छापिएपछि उनी खुब खुसी भएका थिए । त्यसपछि केदारमान व्यथितजस्तै उनले पनि देवीजीलाई 'बैन्ही' भन्ने गरेका हुन् । हामी दुई कविजीको घर पुरानो भन्सारटोलमा धेरैपटक गएका छाँै । पछि, उनी थानकोटमा बस्न थालेपछि उनको दर्शन गर्न त्रिभुवन स्मारक परिसरमा पनि तीन-चारपटकै पुगेका छाँै । देवीजीलाई उनी 'कस्तो कल्चर्ड' Û भनेर सह्राउँथे । तर, अलि पछि देवीजीलाई विस्मृति रोग -अल्जाइमर)ले डसेर उनी थला परेपछि कविजी निकै दुःखमनाउ गर्थे ।
कविजी सिद्धिचरणलाई धेरैले 'काजीदाइ' भन्थे । तर, कसो भएर हो मैलेचाहिँ उनलाई कैल्यै पनि त्यसरी बोलाउन सकिनँ । सुरुमा मैले 'कविजी' भनेर सम्बोधन गरेका हुँ । अनि अन्त्यसम्म उनी मेरा लागि 'कविजी' नै रहे । 'सिद्धिचरण'जी भनेर मैले कैले उनलाई डाकिनँ, त्यसो गर्नु असम्मानजस्तो लाग्थ्यो मलाई । तर, यति भनिसक्दा पनि मैले सम्झन सकिनँ मैले कवि सिद्धिचरणलाई पहिलो बाजी भेटेको कहाँ हो भन्ने Û मलाई कवि सिद्धिचरणसँग भेटाइदिने दुईमध्ये एकजना हुुनुपर्छ ः सम्पादक प्रेमराज शर्मा या वासुदेव लुइँटेल । ती दुवै व्यक्ति सिद्धिचरणका भित्री मित्रजस्तो थिए । तीनैजना गोरखापत्रमा कार्यरत थिए । त्यसैले धेरै सम्भव छ मेरो पहिलो भेट कविजीसँग गोरखापत्र अड्डामै भएको हुनुपर्छ । तर, ठ्याक्कै सम्झेर भन्न सक्दिनँ ।
'शारदा' कार्यालयमा मेरा कविजीसँग भेट भएको भए मैले कवि सिद्धिचरणलाई सम्बोधन गर्ने नाम, सायद 'काजीदाइ' हुन्थ्यो । त्यो किनभने त्यहाँ सबैले उनलाई सम्मानसाथ काजीदाइ नै भन्थे । अनि त्यही सुनेर म पनि 'काजीदाइ' भन्न थाल्थेँ हुँला । तर, गोरखापत्रको कार्यालयमा पहिलोपल्ट भेटेका हुनाले मैले 'कविजी' भन्न थालेको हुनुपर्छ । गोरखापत्रमा प्रेमराज पौडेल, पूर्णप्रसाद ब्राहृमण, वासुदेव लुइँटेल इत्यादि सबै उनलाई नाम किटेर सिद्धिचरणजी भनेरै बोलाउँथें । म फुच्चेले भने त्यो गर्नु उचित नदेखेर 'कविजी' भन्न थालेको हुँला । सबै मेरा अहिलेको अनुमान हुन्, यिनको कुनै अर्थ छैन, महत्त्व पनि छैन । कविको शतवाषिर्कीका उपलक्ष्यमा निस्कने स्मारिकामा आउनुपर्ने कुरा पनि हैनन् यी । तर, कवि सिद्धिचरणबारेमा मैले लेख लेख्नुपर्ने सबै कुरा माथि भनेको २०५८ सालको 'सिद्धिचरण स्मृति विशेष' अङ्कमा 'हिमाल'मा छापिएको लेखमा भनिसकेको हुँदा अहिले पेज भर्नलाई मात्र मैले यति गन्थन गरेको हुँ । तर, यति गरेपछि मलाई मेरा मित्र रविचरणले अराएको कामबाट म मुक्त हुन्छु । म मित्र ऋणबाट अऋणी हुन्छु ।
---------------------------------------------------------------------------------------------------
लासब्याकमा सिद्धिचरण श्रेष्ठ
एक समय थियो, सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यका महान्त्रयीमा लिइन्थे । पहिले लेखनाथ, सम र देवकोटालाई महान्त्रयी मान्ने गरिन्थ्यो तर २०१६ मा देवकोटा र २०२२ मा लेखनाथ बितेपछि समारोहहरूमा महान्त्रयीको पदवी बिस्तारै-बिस्तारै सरुवा भयो । बालकृष्ण सम, केदारमान 'व्यथित' र सिद्धिचरण भएका ठाउँमा हल्लै अर्को हुन्थ्यो, त्यहाँ यी 'भूतपूर्व क्रान्तिकारी' राणाविरोधी कविहरू उमेर र योगदानले भव्यता प्राप्त गर्थे । यिनको सम्मान नै अर्को । केदारमान व्यथितलाई सभापति वा प्रमुख अतिथि नबनेको हेर्नु आश्चर्य मानिन्थ्यो र उनी नभएका ठाउँमा मात्रै 'कविवर' सिद्धिचरणको पालो आउँथ्यो । त्यसैले व्यथितको नामै आजीवन सभापतिसँग जोडिन्थ्यो । उनी जब बोल्थे, केही न केही तरङ्ग ल्याउँथे । तर, काजीदाइका नामले विख्यात सिद्धिचरण बिस्तारै र मुस्किलैले सुन्न सकिनेगरी बोल्थे । बडो मन्द गतिमा, अति मधुरोमा टुक्रा-टुक्रा जोडिरहेझैँ बोल्थे काजीदाइ । तर जे बोल्थे, त्यो अन्तहृदयदेखि नै बोल्थे । आफूले बोलेको अरूले सुन्नुपर्छ भन्ने मान्यता थियो, कसैले सुने-नसुनेको उनलाई अर्थ थिएन । उनी बोल्न थाले दर्शकदीर्घामा गुनगुन चल्थ्यो ।
उता, केदारमान बोलेपछि हलभरि सन्नाटा
छाउँथ्यो । दौराको फेर उचाली-उचाली बोल्ने केदारमान साहित्यलाई भोजनालय र राजनीतिलाई शौचालय भन्ने गर्थे । एक दिन मैले व्यथितसँग र अर्को दिन काजीदाइसँग यसको गुढार्थ भन्न आग्रह गरेँ । व्यथितले राजनीतिको फोहोरीपनबारे लामै व्याख्यान दिएका थिए, तर त्यसै प्रश्नको उत्तर दिन हिच्किचाएर सिद्धिचरणको अनुहारको मुद्रा फेरियो, उनी फिस्स हाँसेमात्रै र भने, ''व्यथितजीलाई नै सोध्नोस् ।'' मैले धेरैपटक सुनेको त्यो भनाइबारे फेरि सोध्नु आवश्यक ठानिनँ । सोचेँ- व्यथित शौचालयबाट वाक्क भइसकेेका रहेछन् । अर्थात् उनी साहित्यमै आफूलाई सुरक्षित ठान्ने रहेछन् । बहुमुत्र रोगबाट पीडित उनी जीवनको उत्तरार्द्धमा शौचालय जान मानसिक रूपमा तयार हुनुअघि नै मुत्र त्वरित् भइसकेको हुन्थ्यो ।
सिद्धिचरणका प्रसङ्गमा केदारमानको नाम जोडिनु काकताली मान्नु वा अप्रासङ्गिक ठान्नु जरुरी छैन । यी समकालीन राणाकालीन कविहरू थिए, केदारमान राजनीतिमा खाइखेली गर्ने भएकाले बढी आग्रही र आक्रामक रूपमा प्रस्तुत हुन्थे, सिद्धिचरणमा त्यो गुण नदारदझैँ थियो । उनी सहरमा सेतो, खैरो कोट लगाएर हिँड्दा भुइँतिर हेरिरहेका हुन्थे, मानौँ उनी आकाशबाट थिचिएका छन् उता केदारमान आकाशतिर हेरिरहेका हुन्थे, मानौँ उनी नभमा केही खोजिरहेका छन् । उनका कविता अति थोरै शब्दमा उनिएका हुन्थे, बढी संस्कृतनिष्ठ लाग्थे तर सिद्धिचरणका कविता 'तिम्रो बासित पैसा छैन' प्रकारका सरल वाक्यांशमा बुनिएका लयदार लाग्थे । केदारमान आˆनो आत्मातिर फर्केका कविता लेख्थे, सिद्धिचरण अर्कातिर सम्बोधित कविता लेख्थे । ९७ सालको राणा कारबाहीमा दुवै परेका थिए तर दुवैको स्वभावमा धेरै भिन्नता थियो । देख्ता सिद्धिचरणलाई अन्तर्मुखी भन्न सकिन्थ्यो तर उनको मुखमुद्रा र प्रस्तुति बहिर्मुखी हुन्थ्यो, कविता भित्रतिर फर्केका हुन्थे । काजीदाइको अनुहार अन्तर्मुखी लाग्थ्यो तर कविता 'मङ्गलमान' अर्थात् सामान्य जनताका कथातिर फर्केका हुन्थे ।
काजीदाइ पञ्चायती राजमा राजसभामा पनि पुगे, थानकोटको त्रिभुवन स्मृतिपार्कको बोर्डमा पनि नियुक्त भए । आफूलाई मन परेका साहित्यकारलाई बोलाएर पार्कमा अन्तरङ संवाद गर्न चाहन्थे उनी । एकपटक विमल निभा र मलाई पनि आमन्त्रण गरे तर म गइनँ -विमलजी पनि गएजस्तो लागेन) । उनका बारेमा मजैले कुरा गर्ने अर्का विख्यात कवि थिए- वासुशशी । वासुशशीलाई उनी खुबै रुचाउँथे । काजीदाइ कत्तिको भुलक्कड छन् भन्ने कुरा एकपटक उनले मलाई आˆनै निवासमा सुनाएका थिए ।
वासुशशीका अनुसार, धेरैपटक उनी काजीदाइको भुल्ने बानीको सिकार भएका थिए । अघिल्लो दिन खाना आˆनै घरमा खानेगरी बोलाउँथे, भलाकुसारी गर्थे, कविता सुनाउँथे, जब खाने बेला हुन्थ्यो तब एक्लै ओछ्यानबाट उठ्थे र 'म खाना खान जाऊँ है ?' भनेर सोध्थे अनि भान्छा भएको तलामा उक्लन्थे । सम्भवतः उनले अघिल्लो दिनको कुरा भान्सा इन्चार्ज भाउजू या बुहारीलाई भनेकै हुँदैनथे । खाना खाइवरि झरेपछि हुक्का समातेर गुडगुडाउँथे । ज्यादै भोक लागेपछि वासुशशी बिदा मागेर हिँडेका थिए । यो उनको कमजोरी थियो ।
सिद्धिचरणलाई युगकवि भन्ने गरिन्थ्यो । 'क्रान्तिविना शान्ति हुँदैन' भनेर पाठकलाई आन्दोलित गर्ने सिद्धिचरणले 'क्यारूँ म यो देश निमित्त क्यारूँ, नाचूँ कि गाउँ कि गला मिलाऊँ' जस्ता देशभक्तिका कविता पनि लेखे, आˆनै अधबैँसे उमेरको अनुभूतिस्वरूप कसरी म आज छत्तीस लागेँ' जस्ता कविता पनि लेखे, 'र्ऊवशी' खण्डकाव्य लेखे । तर, उनी सबैभन्दा बढी जनसाधारणमा चिनिए, आˆनो जन्मथलोबारेमा लेखिएको 'ओखलढुङ्गा' शीर्षकको कविताबाट । नारायणगोपाल, रामेश र मन्जुलले यस कवितालाई निकै सुन्दर ढङ्गले गाए पनि । जीवनको उत्तरार्द्धमा उनले नेपाली समाजको एक अनौठो चरित्र 'मङ्गलमान' बारेमा खण्डकाव्य लेखे । भन्नुपर्छ, लेखनमा उनले एक स्रष्टाको इमानदारी नै प्रस्तुत गरे । उनको शैलीमा आˆनो समयका अन्य बलशाली कविहरूको कुनै प्रभाव देखिएन । अति सरल भाषामा काव्यतत्त्व खोज्ने उनको आˆनै चेतको विकास भएको थियो ।
सिद्धिचरणको योगदानबारेमा उतिसारो लेखिएन, जति लेखनाथ, सम र माधव घिमिरेमाथि लेखियो । एकपटक उनलाई युद्धप्रसादसँग तुलना गर्दै डा. तारानाथले निकै प्रहारक समालोचना गरेका थिए । उनको खण्डकाव्य र्ऊवशीमाथि भने अलि-अलि चर्चा गरे समालोचकहरूले ।
आजभन्दा करिब एक शताब्दीअघि ओखलढुङ्गामा जन्मेका सिद्धिचरण जब काठमाडौँ सहरमा हिँड्थे, एक खिरिलो अग्लो, खैरो वा कालो कोट लगाएको, भुइँतिर हेर्दै गम्भीरसाथ यात्रा गरिरहेको देखिन्थ्यो । उनको शिरमा धेरैजसो भादगाउँले टोपी हुन्थ्यो, कुम उचालिएको जस्तो, एक्लै संवादरत वृद्ध जीवन यात्रामा सडक नापिरहेजस्तो देखिन्थ्यो । आˆनो युवाकालमा उनले कठोर राणाशाहीलाई कविता लेखेरै जिस्क्याए र जेलमा यातना भोगे । तर, राणा शासन समाप्त भएपछि उनको राजनीतिक साख समाप्त भयो । त्रिभुवनदेखि वीरेन्द्रसम्मका राजाहरूको दृष्टिमा परे उनी । उनले विगतमा गरेको त्यागको फल मिल्न थाल्यो । उनलाई राजाले प्राज्ञ बनाए, प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्य बनाए । उनलाई राजसभा स्थायी समिति सदस्य बनाइयो । यसरी उनी भारदारीमा सामेल भए तर आˆनो कविता कर्मलाई सत्ताको नाङ्गो दाबेदारीबाट अलग्गै राख्ने प्रयास उनले गरिरहे । उनका कवितामा तत्कालीन सत्ताको ठाडो स्तूति पाइन्न । त्रिभुवन पुरस्कार पाएपछि उनले थोरै मात्र कृति लेखे तर मङ्गलमान ती सबैमध्ये महत्त्वपूर्ण रह्यो ।
सिद्धिचरणले त्रिभुवन पुरस्कार र पृथ्वी प्रज्ञा पुरस्कार पनि पाए, नेपाल भाषामा उनले कविरत्नको उपाधि पनि पाए । राजाबाट प्रवल गोरखा दक्षिणबाहु पनि पाए, विख्यात त्रिशक्तिपट्टसमेत पाए ।
ओखलढुङ्गापछि मैले पढेको सिद्धिचरणको कवितासङ्ग्रह थियो- मेरो प्रतिविम्ब' । यो कविता सामान्य भाषामा रचिएको प्रभावशाली कविता हो । दुइटा लट्ठीमाथि राखिएको फर्सीको विम्बबाट कविले निरर्थक जीवनप्रति बडो कठोर व्यङ्ग्य गरेका छन् । त्यसपछि मैले पढेको थिएँ- 'बा आउनुभएको छैन' । आˆनो समयमा सरलतम भाषामा लेखिएको यो प्रगतिशील दृष्टिकोणको उत्तम कविता थियो ।
उनको देहान्तका बेला मैले एक प्रभावशाली अग्रज गुमाएको अनुभव गरेको थिएँ र उनको शवयात्रामा सामेल भएको थिएँ । उनको प्रारम्भिक अतीत जति सुन्दर, सङ्घर्षपूर्ण र विद्रोही थियो, उत्तरार्द्धमा पनि उत्तिकै रहेको भए, उनी झन् महान् नेपालीमा दरिने थिए । तर, इतिहासको चक्र कठोर पनि हुन्छ । मानिस थाक्छन् । तथापि, थोरै मानिसमात्र सिद्धिचरण बन्न सक्छन् भन्ने कुरा पनि उत्तिकै सही हो ।
सिद्धिचरणका सरल कविताको एक दृष्टान्त दिउँ- 'बा आउनुभएको छैन' को अन्तिम अनुच्छेद ः
हाम्रो विचारको घुएँत्रोले
हाम्रो कल्पनाको बज्रले
अन्धकारको टाउको फुटिसक्यो
अझै पनि नयाँ बिहान आएको छैन
नयाँ युग आएको छैन
आमा कराइरहनुभएको छ
'बा आउनुभएको छैन ।'
तर जब म द्वन्द्व व्यवस्थापन प्रशिक्षण दिन जान्थेँ, प्रशिक्षार्थी हलमा पस्ने मूलढोकैनेर निकै ठूला अक्षरमा लेखेर भित्तामा सिद्धिचरणको एक कवितांश टाँसिदिएको हुन्थे-
सङ्कट पर्दछ मानिसलाई ढुङ्गालाई के पर्छ ?
असिना आई फूलबारीकै फूलहरू पहिले झार्छ ।
जब यी पङ्क्ति दोहोर्याउँछु, ममा कहिल्यै नथाक्ने प्रेरणा आउँछ । काजीदाइ थाकेर उहिल्यै बिदा भइसके । काजीदाइका यी पङ्क्ति बारम्बार उच्चारण गर्ने कवि वासुशशी पनि गइसके । हामी अझ धेरै लामो समय बाँच्नु छ ।
----------------------------------------------------------------------------------------------
कवि सिद्धिचरण र जूनकीरी
विष्णुप्रसाद शर्मा
जस्तै हओस् प्रकृति नूतन, स्वच्छ ताजा
जन्माउँछे सरस भार र स्नेह साजा
बाँझो रहन्छ, नभए मनभित्र प्रेम
हो प्रेेम नै सब कुरा मधु-दिव्य धाम ।
कवि सिद्धिचरण श्रेष्ठको उत्कृष्ट नव्यकाव्य जूनकीरीभित्रका कैयन कलात्मक सुन्दर श्लोकमध्येको एउटा श्लोक हो, यो । यसमा कविले सच्चा प्रेमलाई सृष्टिकर्ता ब्रहृम मानेका छन् । सिद्धिचरण श्रेष्ठद्वारा सृजित स्वच्छतावादी सामाजिक आदर्शोन्मुख यथार्थवादी काव्यधाराको अनुपम छटा हो 'जूनकीरी' खण्डकाव्य । धार्मिक आडम्बर, जातीय विभेदमाथि सच्चा मानवीय प्रेमको विजयको जयगान हो यो । जुरे क्षेत्री र जूनकीरी लमेनीका पवित्र प्रेमको घामछाया र घामको अनुपम सङ्गम यसमा पढ्न पाइन्छ । हिंसत्वमाथि बुद्धत्वको विजय देखाइएको धार्मिक सहिष्णुताको कालजयी रचना हो, यो ।
जूनकीरी नव्यकाव्य वर्णमात्रिक छन्दमा लेखिएको ३११ श्लोकद्वारा आख्यान पूरा भएको नौ उच्छ्वासभा
बाँडिएको मझौला आयामको रचना हो । यसमा कवित्वमा र आख्यानीकरणबीच अनुपम मिलन देखिन्छ । न त आख्यान अगाडि बढाउँदा कवित्व कमजोर भएको छ न त कवितात्मकतिर कवि जाँदा आख्यान बरालिएको छ । यस काव्यमा कर्मको सुख के हो प्रश्नका उत्तर कविले यसरी दिएका छन्-
भारी लिएर दिनहुँ वन दाउराको
विश्रान्ति निम्ति रूखमुन्तिर पल्टिनाको
शौभाग्य छैन जसको उसलाई भित्र
के थाह कर्म सुखको जीवनको पवित्र
दुःख भोगेपछि मात्र सुखको अनुभूत गर्न सकिन्छ भन्ने कविको मान्यता छ । त्यस्तैगरी मानिसको जवानीलाई पनि कविले उलर्ंदो नदीसँग तुलना गर्दै यसलाई बेलैमा ठेगान लगाउनुपर्ने कवितामार्फत व्यक्त गर्छन्-
हो उर्लंदो नदीसमान नयाँ जवानी
जो जान खोज्छ सदैव किनार नाधी
जो सामु पर्छ त्यसलाई अँगाल्न पुग्छ
यै हेतु, लाउन कुलो अघि सर्न पर्छ ।
मस्त जवानीमा युवायुवतीमा एक-अर्काप्रति प्रेमभाव जागृत भएपछि कसरी ऊ प्रेममा मग्न बन्छ भन्ने कुरा जूनकीरीको प्रेमी जुरेको व्यवहारबाट थाहा हुन्छ-
आँखा उतैतिर छ, कान उतै दगुर्छ
हर्दम् उही हृदयमाझ धुमिरहन्छ
एक्कासि शब्द मुखबाट 'जुनू' चाहिन्छ
यो प्रेमको विजय घोष अचिन्त्य बन्छ ।
जुरे क्षेत्रीपट्ट िलहसिन लागेको थाहा पाएर रणवीर लामा आˆनो जात मिल्दो वर खोजेर हर्केसँग जूनकीरीको निवाह गर्ने कुरा तय गर्छ । जूनकीरी हर्केसँग विवाह नगर्ने कुरामा दृढ छ । उक्त कुरा खुलस्तसँग आˆनो बाबु रणवीर लामा र हर्के दुवैलाई बताइदिन्छे । रणवीरले जुरेलाई बोलाएर जातपात नमिल्ने र विवाह हुन नसक्ने कुरा भन्दा जुरे बरु प्रेमका निमित्त स्वजाति र स्वधर्मको बलिदान गर्न तयार हुन्छ र भन्छ-
हो भन्नुहुन्छ यदि जात मिलेन हाम्रो
त्यो जात वास्तविक होइन तथ्य राम्रो
राजी मलाई छ, म बन्छु सहर्ष तामाङ
यो जातको जलप शीध्र म पुछ्न सक्छु ।
उता 'जुनू' जस्ती अनुपम अप्सरा युवतीसँग विवाह गर्न पाउने आसले प्रमत्त हर्के जूनकीरीले आˆनै अगाडि आफूसँग विवाह हुन नसक्ने बताएपछि आगो हुन्छ । ऊ आˆनो विवाहमा तगारो नबन्न जुरेलाई सम्झाउन थाल्छ-
यौटा छ म्यान दुइटा तरवार हामी
पाइन्न पस्न यसमा दुइटै नमानी
लौ के गराँै भन स्वयम् अब लौ मलाई
प्यारो छ ज्यान त तिमीलाई हटिदेऊ भाइ ।
यता जुनू र आˆनो पवित्र प्रेममा बाधक बनेर देखापर्न थालेको हर्के आक्रोश व्यक्त गर्दै सगर्व जुरे कड्कन्छ-
यसको जवाफ पनि चट्ट दियो जुरेले
'नाङ्लो ठटाईकन हट्छ र हात्ती कैले
मेरी जुनू मसित नै उनको छ नाता
व्यर्थै तिमी अघि सरी नबढाऊ टन्टा ।
एक युवतीका निमित्त दुई युवक आपसमा मल्ल युद्ध गर्छन्, जुन शक्ति देश निर्माणका निमित्त खर्च गर्नुपथ्र्यो । यी दुवैको कुस्ताकुस्ती, भकुराभकुरपछि जुरे मरणासन्न अवस्थामा पुग्छ । जुरेलाई त्यस अवस्थामा पुर्याएकोमा हर्केमा पश्चाताप हुन्छ । गाउँले जूनकीरी पाउने जुरेको सपना सपनामै सीमित रहने भयो, के जुरे बाँच्न सक्ला त भन्न थाल्छन्-
हा पाउने जूनकीरी उसको मुराद
के फेरि पूर्ण कहिले नहुने भयो त ?
के आजसम्म जति जे उसले गरेको
भत्केर त्यो सकल मिल्छ त शून्यभित्र ?
जूनकीरीमा जुरेप्रतिको प्रेम झनै खारिन्छ । जुरेको त्यो अवस्था हुनुमा आफू जन्मनुको दोष हो भन्दै ऊ भन्छे-
मेरो स्वजन्म जगमा नहुँदो भए त जुरेकनै विपत यो खनिने थिएन
चिन्ता प्रचण्ड नि त अग्नि बनेर जल्दा
प्यारो भयो झन् सुनैसरि खारिएको ।
गाउँको युवक जुन आˆनो सहयोगी हो त्यसलाई
अनाहकमा घाइते बनाउने व्यक्ति हर्के तामाङलाई छोरीको विवाह गराउनु ठीक होइन भनी मुखिया रणवीरको मन परिवर्तन हुन्छ । आˆनो जीवनको अन्तिम क्षणमा छोरीलाई बोलाएर आˆनो इच्छाएको व्यक्तिसँग विवाह गर्न अनुमति दिन्छ । आफूले विवाह गराइदिएर पुरानो प्रथाको बागी बन्न भने ऊ चाहँदैन ।
हर्केमा आत्मज्ञान प्राप्त हुन्छ र आफूले गरेको गल्ती स्वीकार गर्छ । ऊ रणवीर लामाको नाममा स्तूप बनाउन फेरि चखेल र्फकन्छ र जूनकीरीलाई प्रस्ट भन्छ-
कर छैन चित्त नबुझे नगरे विवाह
हर्के स्वतन्त्रसित बस्न नि गर्छ चाह ।
जुरे अपाङ्ग भएर घर र्फकन्छ, जुनू उसलाई आˆनो प्रेम अझै खारिएको सुनझैँ भएको विश्वास दिलाउँछे । अर्कोतिर हर्केमा कुनै इष्र्याभाव छैन ऊ स्पष्ट भन्छ-
पोथी निमित्त मरिमेटिरहेर खालि
के काम गर्नु धन इज्जत धर्म फाली
मेरो निमित्त त विहार बिहा हुने भो
आनन्द सर्व-हितनिम्ति त्यहाँ हुने भो ।
विहार बनाएर सबतिर आनन्दको शीतल वषर्ा गराउने, शान्तिको दूत भएर हिँड्न तम्सने हर्के आˆनो प्रेममा हार भएको र जुरे र जूनकीरी जित भएको कुरा यसरी ओकल्छ-
तिम्रै छ जित, म भएँ हरुवा सधैँको
सन्मान गर्छु म झुकेर तिमी दुवैको
रुन्चे पिन्चे तथा अवलाका रूपमा नारी पात्र प्रयोग भइरहेको नेपाली साहित्यमा आˆनो निर्णयप्रति अटल रहने दृढ विश्वासी नारी पात्र जन्माउने नेपाली साहित्यको पहिलो कवि श्रेष्ठ नै हुन् । स्वच्छ प्रेेमको क्षेत्रका कवि सशक्त कवि सिद्धिचरण श्रेष्ठको 'जूनकीरी' नव्यकाव्य यथार्थवादी धाराको विशिष्ट सशक्त उपलब्धि ठहरिन आएको छ ।
यस कृतिको प्रकाशनले एउटा कोसेढुङ्गारूपी खण्डकाव्य नेपाली साहित्यले पाएको छ ।
-------------------------------------------------------------------------------------
खै के भनौ ककनी तिमीलाई
सिद्धिचरण श्रेष्ठ
वि.सं २०१९ सालको पौष महिनामा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट म लैनसिंह बाङ्देल कृत्रिमताबाट वाक्क भएर केही समयका लागि प्रकृतिको छटाले सुसज्जित ककनीतर्फ लाग्यौँ । वास्तवमै ककनी प्रकृतिको क्रीडास्थल रहेछ । निकै दिन हामीले त्यहीँ बसेर प्रकृतिको छटा हेर्यौँ । हामी त्यहाँ रहँदा लैनसिंह बाङ्देलजी आˆनो कलाशिल्पको कुचीले रङ्ग्याई हिमालयको विशालतालाई उतार्ने चेष्टा गर्नुहुन्थ्यो भने म प्रकृतिको विशालतामा मख्ख पर्थें र त्यसलाई कलमले उतार्न खोज्थेँ ।
ककनी काठमाडाँै उपत्यकाबाट उत्तरतिर पर्छ । विशेषगरी हिमालयको भव्यतालाई नियाल्नका निम्ति पर्यटक त्यस ठाउँमा आउने गर्दा रहेछन् । श्री ३ चन्द्रशमशेरको पालामा काठमाडाँैस्थित बि्रटिस राजदूतद्वारा यहाँ एउटा भव्य बङ्गला बनाइएको रहेछ, जुन दुई/चार दराज पुस्तक राखी सङ्ग्रहालयजस्तो देखिन्थ्यो । पर्यटन सेवाको विकास र त्यति नभए तापनि प्रकृतिसँग खेल्न र शान्ति लिन ककनी एउटा रमणीय भूमि बनेको थियो । त्यहाँ गएर आˆना दुःख दर्द बिर्सन्थेँ र हल्का भएर र्फकन्थेँ । आहा Û प्रकृतिको रमणीय थल यो ककनी कति सुन्दर र आल्हादकारी छ । यसलाई रागात्मक अभिव्यक्ति दिनु नै कविता हो ।
अहिले हामी ककनीमा छाँै र ककनीको सौन्दर्यलाई पिएर हृदयमा सौन्दर्यको लहर नै छल्काइरहेका छाँै । हाम्रो अघिल्तिर धवल हिमराशि थुपि्रएको मनोरम दृश्य छ । हिमशिखरको उच्चता र विकरालतालाई देखेर हाम्रो छाती गर्वले बडेमानको भएर आयो । आहा ! कति स्वच्छ छ यो वातावरण जहाँ हृदयलाई पूर्ण विश्रान्ति मिलेको छ । यहाँ निराशाले खाइसकेकाहरू पनि पुनःआशाको खोजीमा आउँछन् र यहाँको प्राकृतिक सौन्दर्यमा डुबेर आˆनो विगत जीवनलाई फर्काएर हाँस्न, नाँच्न र गाउन लालायित हुन्छन् । कलाकारलाई यहाँ अभिव्यक्तिको स्फुरण भइदिन्छ र कवि, लेखकमा काव्यात्मक धारा रसाएर आउँछ ।
हिमाल जहिल्यै पनि उच्चतम र सुन्दर छ । कवि, कलाकारको मात्र होइन, आध्यात्मिक दर्शनको पनि यो एउटा उद्भवस्थल हो । यसको अनुपम गरिमा हेर्दै कति योगीमुनिहरूले आˆनो मुक्तिको बाटो भेट्टाए, सत्यको दर्शन पाए । कतिपय ठूला र वैभवशाली राजाहरूले पनि तृणवत् आˆना समस्त वैभवलाई ˆयाँकेर तिम्रो पिछा गर्ने कारण मलाई अहिले बल्ल थाहा भइरहेछ । देश-विदेशका पर्यटक टाढैबाट भए पनि तिम्रो दर्शन गरेर आफूलाई धन्य पार्छन् । उत्साही युवाहरूलाई तिम्रो टुनाले खिचेर पागलझैँ बनाइदिन्छ । कोही-कोही हिमालको आरोहण गरेर आफूलाई अमर पार्छन् । कहिलेकाहीँ बादल माथिसम्म उठेर तिमीलाई ढाकिदिन्छ । तिम्रो मुख नदेखिको बेला मलाई लाग्छ- जीवनमुक्त महात्माले सुख-दुःखलाई त्यागेर लीला गरेझैँ तिमीले पनि लीला गर्यौ र मलाई झुक्याउन थाल्यौ भन्ने ।
ककनीको रमणीयतामा रमाइरहेकै बेला केही ढाक्रे आँखाअगाडि पर्न गए र झल्यास्स झस्केँ । देशको अवस्था मेरो अगाडि नाच्न थाल्यो । अशिक्षा, गरिबी र शोषणको कत्रो गहिरो खाल्डो । शताब्दीयाँै शताब्दी बिते तर नेपालीलाई उकास्न सकेन । साना बालबच्चा मेरा अगाडि नाच्ने, गाउने गर्थे, कोही-कोही डाँडाकाँडा चहार्थे । प्रकृतिको मनोरम दृश्यमा ती बालबालिका पनि प्रकृतिकै अभिन्न अङ्गजस्ता देखिन्थे, जसमा कुनै पनि प्रकारको रिस, राग, कपट, छलछामजस्ता कुराको लेसमात्र पनि पाइँदैनथ्यो । विज्ञानले चन्द्र र मङ्गललाई आˆनै परिवार बनाइसकेको अवस्थामा पनि यिनीहरू आˆनै देशको राजधानीबाट धेरै टाढा र अनभिज्ञ छन् । विकसित देशहरूका अगाडि त यहाँका मानिस दुःखको भारी बोकेर जीवनको विश्रान्ति खोजिरहेझैँ लाग्छन् ।
म एउटा कवि, ककनीको डाँडामा बसेर प्रकृतिको लीला हेरिरहेछु । अघिल्तिर जादुमय हिमालको महान् दृश्य मलाई देखेर हाँसिरहेछ । समयको कठोर सङ्घर्षमा कैयौँचोटि ठक्कर खाँदै आजित भइसकेको एकमुठी श्वास हिमालको महानतामा फुस्कन खोजिरहेछ । तर, यस्तैमा ढिकीको आवाज आउँछ र भन्छन् हे, कवि तिमीले मर्नुहुँदैन । तिमी मरेर पनि उम्कन सक्दैनौँ । तिमीलाई फुलाउने बोट तिम्रो समाज जो प्रसव पीडाले व्यथित छ, तिमीलाई बनाउने माटो जो मुर्दा जस्तै निश्चल बनेको छ । यी सबैलाई तिमीले हेर्नुपर्छ र यिनको समेत मुक्तिका लागि काम गर्नुपर्छ । समाज र देशको माटोलाई छाडेर स्वर्ग गए तापनि तिमीलाई सुख हुने छैन । म झस्किन्छु र एउटा चेतनालाई ब्युँझाएर जागृत गराउने प्रयत्न गर्छु ।
म एउटा ठूूलो ढिस्कोमाथि छु र मेरो अघिल्तिर पर्वतमाला भिरालिँदै भिरालिँदै तल लिख्खुखोलासम्म पुगेको छ । पहाडी भू-भाग भएकाले चार कोस टाढा रहेको लिख्खुखोला पनि नजिकै जस्तो लाग्छ । अग्लो ठाउँमा बसेर हेर्दा मलाई मेरै घरको अट्टालिका बसेरजस्तो लाग्छ । यस लिख्खुखोलाको उत्तरतिर क्रमशः पहाड उठ्दै गएको चुचुराहरू कमलका केस्रामै देखिन्छन् । टलक्कै टल्कने शुभ्र हिमाल पानीमा छरिएका चामलझैँ कहीँ बँेसी, कहीँ कम पश्चिमदेखि उत्तर हुँदै पूर्वतिर गएको छ । माथि आकाशतिर हेर्दा भुवाजस्तो दूधको फिँजजस्तो, मौनबत्ती बलेकोजस्तो भाँती-भाँती दृश्य देखिने यो धर्तीको स्वर्गझैँ लाग्छ । यस्तो कल्पनामा हराउँदै गर्दा नै जाने कताबाट हो खोलाले सुसेलेको, ढिकी कुटेको, जाँतो चलाएको आवाज मेरो कानमा सुसाइरहेका थिए । म झसङ्ग हुन्छु, यो एकान्त जङ्गलमा कसले जाँतो, ढिकी गर्दोरहेछ भनेर ? बिस्तारै मलाई थाहा हुन्छ स्वयम् प्रकृतिको घन्टा आफैँ बजेर मलाई भुल्याइरहेछ, रसपान गराइरहेछ सजीवझैँ बनेर । कल्पनाको खानी प्रकृतिको क्रीडास्थल स्वर्गको पुष्पवाटिका खै के-के भनुँ-ककनी तिमीलाई ।
हिउँको घोडामाथि चढेर
मिहीन गुलाबी धुम्टो ओढी
कत्ति नहेरेझँै सबै हेरी
ऊ-ऊ च्याउन आइन् गोरी
प्रेम परस्पर गहिरो जोडी
पुग्न कतैतिर दौडिरहेछन् ।
बीचको बन्धन घेरा तोडी
स्रष्टा सिद्धिचरण श्रेष्ठले वि.सं २०१९ सालमा लेख्नुभएको अप्रकाशित संस्मरण

सिद्धिचरण शतवाषिर्की विशेष कविताबाटै विद्रोह
चितरञ्जन नेपाली

--------------------------------------------------------------------------------------------चितरञ्जन नेपाली

मेरो प्यारो ओखलढुंगा (जननी जन्मभूमीश्च स्वर्गादपि गरियसी) - Dr. Kavitaram Shrestha
विषय प्रवेश: तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले आफ्ना अमर कृति मेरो प्यारो ओखलढुंगा नामक कवितामा कैद गरेका थिए ।
तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षस्थलमा
यो कविको शैसवकाल वित्यो
हाँस्यो खेल्यो वनकुन्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा
-सिद्धिचरण श्रेष्ठ
मलाई यतिखेर अनुभूत भयो युगकवि सिद्धिचरणले त्यो कविता कविता भनेर लेखेका थिएनन् । अर्थात जन्मभूमीको भार तिर्नकै लागि मात्र उनले प्रशस्ति लेखेका थिएनन् । जसरी आफ्नो जन्म र शैशवकालको थलोको एकै झलकले मभित्रको शैशवकालीन आशक्ति बोल्यो त्यसरी नै उनको मानसपटलमा अंकित आफ्नो जन्म र शैशवकालको थलोको परिदृष्यले उनी भित्रको शैशवकालीन आशक्ति बोलेको थियो - मेरो प्यारो ओखलढुंगा !
जब म पहिलोपल्ट २५ वर्षको अन्तरालमा जहाजको झ्यालबाट समग्र ओखलढुंगाको दृष्य हेर्दै थिएं मेरो अन्तस्करणले भावावेशमा भनिरहेको थियो मेरो - प्यारो ओखलढुंगा । मान्नोस् यी शव्दहरु युगकविका कविताबाट मैले उधारो लिइरहेको थिइन । मेरा आफ्नै अन्तस्करणको बोली थियो त्यो । त्यो त्यतिकै मौलिक थियो जति कविज्यूको थियो - मेरो प्यारो ओखलढुंगा !
प्लेनबाट उत्रिएपछि मनैमनले एउटा नयाँ कविता गुनगुनायो ।
यो मेरो तातो धुकधुकी भन्छ l
गाउँमात्र आइनं
गाउँको काख अतितमा आएँ
त्यो पत्तै पाईन
त्यो पाखा पर्वत खोला र नाला
अतितलाई बोकेर
जहाँको तहीँ बसेको रैछ
यो ज्यानलाई पर्खेर
बालख कालको त्यो मेरो क्षितिज
त्यो सानो आकाश
झलझली आयो आँखाको सामु
सजिलो आभास
जिन्दगी भर के खोजें मैले
क्यै पत्तो पाइन
आमाको काख खोजेको रैछु
त्यो कहिल्यै जानिन
यो आसक्ति अतिसयोक्ति भयो कि म केही भन्न सक्तिन्न । तर कविता भनेर रचेपछि त्यसमा सायद केही अतिसयोक्ति हुन्छ नै । अतिसयोक्ति भएन भने भावनाको कुनाको आंकन नै कहाँ पुर् याएर गर्ने सायद अतिसयोक्ति नभए यो कोरा लेख मात्र हुन्छ । जे होस् मैले यसरी गिती-कविता बनाएं । अनि डीलमै बसेर त्यसलाई कागजमा पंक्तिबद्ध गरें ।
यसलाई अन्ततः मेरो माटोबोल्छ भन्ने गीति अलबममा मेरै नयाँपाराको कवितात्मक संगीत र मेरै स्वरमा कैद गरेको छु । अझ आफै मोडल बनेर दृष्यांक पनि गरी नेटिभिबाट प्रसारण पनि गरिएको थियो । मौका पारेर त्यो पनि यसै वेभसाइट देखाउने छु ।
जननी जन्मभूमीश्च स्वर्गादपि गरियसी : म एउटा भौतिकवादी मान्छे हुँ । आफ्ना इन्द्रियहरुले अनुभूत नगरिएका वा गर्न नसक्ने कुनैपनि वस्तु वा प्रघटनालाई म विश्वास गर्दिन । शास्त्रहरुले व्याख्या गरेका स्वर्गको अस्तित्वलाई आजसम्म मैले मानेको छैन । विज्ञानसम्मत वस्तुगत चेत पाएयता प्रमाणसिद्ध नभएको त्यस्तो काल्पनिक संसारको मोहमा म भुलेको छैन । तर जन्मभूमीलाई नै स्वर्ग भन्ने हो भने म त्यो भनाइप्रति नतमस्त छु ।
जहाँ मैले जन्मनेसाथ सासफेर्ने प्राणवायु पाएं जहाँ मैले आङभरीको भूमी पाएं जहाँको पानीले मेरो रक्त बन्यो जहाँको तापले मेरो शरीरमा जीवन संचार भयो जहाँको प्रकाशले मेरा आखाँलाई पहिलो दृष्य दियो जहाँको शव्दले मेरो कानलाई पहिलो गुन्जन दियो । जहाँ आफू हुनुको प्रथम अनुभूति ययो । जहाँबाट मेरो समाजिकरणको सुरुवात भयो जहाँबाट मैले समाजमा भूमिका निर्वाह गर्ने चेत पाएं जहाँ मेरो जसोतसो व्यक्तित्वको विकास भयो त्यो ठाउँ मेरोलागि स्वर्ग नभएर यस भूलोकमा कुन भूमी स्वर्ग होला
यतिखेर यो संस्कररण लेखिरहँदा मेरो रोमरोमले जन्मभूमीप्रति अथाह श्रद्धाका साथ कृतज्ञताका गीत गाइरहेछ - यो शरीर र प्राण दिने पाँचै तत्व यसै भूमीको रिणी छ । त्यस भूमीलाई मेरो सदासदाको नमस्कार !
जुन हावाले प्राण दियो त्यो हावालाई नमस्कार
जुन पानीले रगत दियो त्यो पानीलाई नमस्कार
जुन तापले उर्जा दियो त्यो तापलाई नमस्कार
जुन माटोले चोला दियो त्यो माटोलाई नमस्कार
जुन आकाशले ठाउँ दियो त्यो आकाशलाई नमस्कार
नमस्कार नमस्कार जन्भूमीलाई नमस्कार
निश्चयनै सवै जन्मथलो प्रेमीहरुको लागि कतै स्वर्ग छ भने यस भूगोलमा स्वर्ग जस्तो आदर्शभूमी भनेको जन्मथलो मात्र हुन सक्छ । र त्यसैले भनिएको होला -जननीजन्मभूमीश्च स्वर्गादपि गरियसी ।
कसोकसो म आध्यात्मिक हुँदैछु वस्तुगत चेतनाले सीर्जेका धर्मका आस्थावान आध्यात्मिक । मलाई यतिखेर लागिरहेछ ओखलढुंगाको त्यो जन्मथलो सम्झौं अभियान यो शताव्दी सुहाँदो एउटा आध्यात्मिक अभियान थियो एउटा महायज्ञ समान । त्यस अभियानको छुट्टै प्रकरण मैले लेखेर प्रकाशित पनि गरिसकेको छु । यहाँ त यो मातातीर्थ औँशीको महिमामा आशक्त भएर आमा ओखल्ढुंगको माटोको रिण तिर्ने हिसाबमा यसैका अनुसन्धानात्मक परिचय दिन गर्न गइरहेको छु ।
ओखलढुंगाको ओखलढुंगा र यसको आत्मकथा
ओखलढुंगा भन्ने नाम प्राकृतिक रुपले ओखलजस्तो परेको ढुंगाको नामबाट प्रथमतः सदरमुकामको गाउँको नाम रह्यो र पछि जिल्लाको नाम नै यही राखियो । त्यो ओखलजस्तो परेको ढुंगा अर्थात ओखलढुंगा यस जिल्लाको पूर्वकालदेखि नै औपचारिक स्मारक थियो । दशैंको पूलपाती याहाँ घुमाएर निशान भगवतीमा पुर् याउने परम्पराको सुमधुर सम्झना अझै ममा छ । त्यो निश्चय नै अझै निरन्तरित हुनुपर्छ । राजा महेन्द्रको ओखलढुंगा २०१३ सालमा सवारी हुँदा त्यस स्थानमा तामझामको सवारी चलाएको सम्झना मलाई अझै छ । जोसुकै पाहुना आउँदा पनि याहाँ औपचारिक भ्रमण हुन्छ भन्ने मलाई लाग्छ ।
हेर्दाको यो साधरण ढुंगा जसलाई ओखलजस्तो भनिएको छ साँच्चै भन्ने हो भने ओखलै जस्तो पनि छैन । बाहिरबाट कृतिम रुपमा ढुंगा र सिमेन्टको गाह्रोले यसलाई ओखलको रुप दिइएको छ त्यो वेग्लै कुरा हो । पहिले त यो त्यस्तो पनि थिएन । त्यही प्राकृतिक ढुंगा वरीपरी यसलाई हेर्नसम्म हुने गरी यसो चौतारा बनाएको मलाई सम्झना छ । युगौंदेख नै त्यसको त्यही रुप हुनुपथ्र्यो । पछि समाजसेवी दाजु मेघ बहादुरश्रेष्ठको सकृयतामा यसले बाहिरबाट ओखलको रुप पाएछ । जे होस् यो पूर्ववत रुपमा माथिबाट केही खाल्टो परेको छ र यसलाई काजी भिममल्लले पूर्वको राज्य विस्तारको सिलसिलामा यहाँ बास पर्न जाँदा धान चािहं पाइएको तर ढीकीओखल नपाइएको अवस्थामा ओखलको रुपमा प्रयोग गर्नपर्दा यसैको नामबाट ठाउँको नाम दिई स्मारक कायम गरेको भन्ने ऐतिहासिक जनश्रुति छ ।
यस्तो ढुंगामा कसरी धान कुटेर खाए होलान् भिममल्लले मेरो वालसुलभ सोच त्यतिवेलै आश्चर्य चकित हुने गथ्र्यो । अझ भन्ने नै हो भने ओखलढुंगामा धान पाइने कल्पना मेरो वालमस्तिष्कले सोच्नै सकेको थिएन । यो डाडाँ वरीपरी धान पाइंदैनथ्यो । हामी ओखलढुंगेहरुको मुख्य खाना नै त्यतिखेर मकै थियो । धानको भात सायद ठूलै हाकीम वा मै हुँ भन्ने धनाढ्यको घरमा मात्र पाक्थ्यो । हामी जस्ताहरुको घरमा त पाहुना आउँदा वा यदाकदा लहडमा पाक्ने बाहेक चाडपर्वहरुमा मात्र त्यो पकवान हुन्थ्यो । आज पो चामल अन्यत्रबाट ल्याएर धानको भात खाने चलन आएको छ ओखलढुंगामा ।
मेरो वालसुलभ सोचले सँधै सोच्ने गर्दथ्यो त्यो झण्डै कोशभरको स्थानमा रहेको धान पाइने ठाउँ बुङनाम वा लामिसोतिदेखि याहाँसम्म धान बोकॆर ल्याउनुको सट्टा त्यतै धान कुटाएर भात पनि उतै खान पाइक पथ्र्यो भीममल्ल र उनका फैाजहरुलाई । यदि काजीहरुको बास याहाँ थियो र धान टाढा गाउँतिर संकलन गरिएको थियो भने पनि त्यतै कुटाइवरी चामल नै याहाँ ल्याउन सजिलो पथ्र्यो । धान पाइने ठाउँहरुमा ढीकी ओखल हुँदाहुँदै यो वस्ति नै नभएको पाखामा किन भुससमेत बोकेर ल्याउँथ्यो त्यसकारण याहाँ धान बोकेर ल्याइएन बरु यतै पाउने मकै कुटेर च्याँख्ला बनाए र त्यसैका पकवान खाएको हुनुपर्छ भीममल्लहरुले ।
माथि मेरो वाल्यकालको सोचको वखान गरेको हुँ तथापि आज पनि मेरो सोच त्यही छ । त्यसो मात्र होइन अहिले त भीममल्ल नै ओखलढुंगा आए भन्ने कुराको पनि म खण्डन गर्दैछु ।
याहाँको पुरानो ठानालाई भीमलठाना भन्ने गरिएको छ । भीमलठानालाई भीममल्लको ठाना भन्ने अर्थसाथ कान्तिपुरका प्रतापि काजि भीममल्लले पूर्वपहाड विजय गरेर स्थापना गरेको एउटा प्रशासनिक इकाइ हो भन्ने सोच यसमा गाँसिएको छ । तर त्यस्ता कुनैपनि ऐतिहासिक अभिलेख यता प्राप्त छैन । भीममल्लले पूर्वमा दोलखासम्म जितेको भन्ने ऐतिहासिक प्रमाण त फेला पर्दछ तर त्यसपूर्व उनी आए भन्ने कुरा कतैबाट पुष्टी हुँदैन ।
भीममल्ल नरिसंहमल्लका साह्रै विश्वासी तथा प्रतापी र लोकपृय मन्त्री थिए । प्रतापमल्ल ने.सं. ७६१ मा राजा भएपछि उनले केरुङ र कुतीका आधै भागका साथै तिव्वत र लिम्वूवान जाने व्यापारमार्ग दोलखा सर गरेर देशको भूमी त बढाएबढाए आर्थिक हिसावले पनि धेरै सम्पन्न हुने बाटाहरु खुलाए । यस उपलव्धीले उनका बहादुरी र देशभक्तिपूर्ण गाथा राजालाई नै छायाँमा पार्ने गरी अकाशिएको थियो । झण्ढै दुइवर्ष पछि ने.सं. ७६३ वि.सं. १६९९ तिर उनी भोटको सीमा अवलोकन गर्न गएको वेलामा भक्तपुरे नरदेव मायािसंहले राजा प्रतापमल्ललाई भीममल्लले राज्य हत्याउने षडयन्त्र गर्दैछन् भनी चुक्ली लगाए । राजा भीममल्ललाई राजधानी फर्कनेसाथ मार्न तयार भए ।

Thursday, January 19, 2012
Subscribe to:
Posts (Atom)